शनिबार , भाद्र १३, २०८३

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयकमा आफूहरू र राष्ट्रपति विद्यादेवी भण्डारीबीच समान धारणा रहेको बताएका छन् ।

आज (बुधबार) अपराह्न शीतल निवासमा राष्ट्रपतिलाई भेटेर उनले अंगीकृत नागरिकताबारे राष्ट्रपतिले राखेको चासो र आफूहरूको धारणा समान रहेको तर संसदमा यसमा राष्ट्रिय सहमति बन्न नसकेको बताएका हुन् ।
यस्तै अंगीकृतबारे अहिले कुनै कुनै नयाँ व्यवस्था नगरिएको उनले राष्ट्रपतिलाई जानकारी गराएको प्रचण्डको सचिवालयले बताएको छ ।

‘सरकारले पनि यसबारे राष्ट्रिय सहमति बनाएर विधेयक ल्याउने प्रतिबद्धता जनाएको छ । तत्काल जन्मसिद्ध नागरिकका सन्तानहरूले राज्यविहीन बन्ने अवस्था अन्त्य गर्नका लागि यो विधेयक ल्याइएको हो । र, यो विधेयक ओलिजीले पेस गरी तपाईंले प्रमाणीकरण गर्नुभएको अध्यादेशको व्यवस्थाअनुसार रहेको छ । यसलाई अनावश्यक राजनीतिकरण गरिनु दुःखद छ’, उनले राष्ट्रपति समक्ष भनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP