शुक्रबार , भाद्र १२, २०८३

१ फागुन, बटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा ओली समूहका नेता शंकर पोखरेलले आफ्नो पार्टीले रोल्पा र रुकुमबाट चुनाव जित्ने दाबी गरेका छन् ।

शनिबार बुटवलमा भएको सभालाई सम्बोध गर्दै रहेको रोल्पा र रुकुममा विजयको झण्डा फहराएर प्रचण्ड-माधवले नेतृत्व गरेको पार्टीले कम्युनिष्ट आन्दोलनको हित गर्न नसक्ने प्रमाणित गर्ने बताएका हुन् । ‘रोल्पा रुकुमलाई जनयुद्धको थलोका रुपमा कमरेड प्रचण्डले जे चाहृयो, त्यहि हुने थलोको रुपमा चित्रण गर्ने गरिन्छ’ उनले भनेका छन्, ‘तर आउने चुनावमा रोल्पा र रुकुममा केपी शर्मा ओलीको नेतृत्वमा विजयको झण्डा फहराउँदैछ भन्ने कुराको उद्घोष गर्न चाहान्छु ।’

प्रचण्डले माधव नेपालको ढाडमा टेकेर केपी शर्मा ओलीको टाउकोमा हिर्काउन खोजेको तर आफैं भुइँमा पछारिएको उनले बताए । एमालेको विभाजनबाट लाभ लिन खोज्ने प्रचण्डले जनयुद्धका कमाण्डरहरुले साथ गुमाएको भन्दै उनले भने, ‘आज फागुन १ गतेका दिन जनमुक्ति सेनाका कमाण्डरहरुले घोषणा गर्नुभयो, अब केपी ओलीको नेतृत्वमा हामी राष्ट्र बनाउने अभियानमा जुट्न चाहान्छौं ।’

कानुनले केपी शर्मा ओली अध्यक्ष र विष्णु पौडेल महासचिव भएको पार्टी चिन्ने भन्दै उनले आफूहरु नै आधिकारिक भएको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP