शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं । सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर (आईपीओ) निष्कासन आज (बुधबार) बाट बिक्री खुला भएको छ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको तीन करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको तीन लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन आजबाट गरेको हो ।

निष्कासन गरिएको कुल शेयरमध्ये पाँच हजार ४७० कित्ता कर्मचारीहरूका लागि, १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ । बाँकी रहेको तीन लाख ६८ हजार ५९० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने जनाइएका छ ।

आईपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा भदौ २९ गतेसम्म आवेदन दिने समय थप हुने बताइएको छ । लगानीकर्ताले न्यूनतम १० देखि एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । इच्छुक व्यक्तिले मेरो शेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् । यस्तै, सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले लघुवित्तलाई ‘केयरएनपी डबल बी माइनस इस्यूअर’ रेटिङ प्रदान गरेको छ । यो रेटिङले समयमै वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

आर्थिक वर्ष २०७७/७८ को वास्तविक वित्तीय विवरणानुसार कम्पनीको सञ्चित नाफा ६ करोड ७६ लाख रुपैयाँ रहेको छ । उक्त वित्तीय विवरणानुसार प्रतिशेयर आम्दानी ९३ रुपैयाँ ९१ पैसा छ । प्रतिशेयर नेटवर्थ ३०२ रुपैयाँ छ ।

कम्पनीको आईपीओले पहिलो कारोबारका लागि ३०२ देखि ९०६ रुपैयाँसम्म मूल्य रेन्ज पाउने देखिन्छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कुनै पनि कम्पनीलाई धितोपत्र दोस्रो बजारमा कारोबारका लागि वास्तविक प्रतिशेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेन्ज तोक्ने गर्छ ।

यो कम्पनीको रजिस्टर्ड कार्यालय सिरहाको गोलबजार नगरपालिका-७, चोहर्वामा छ । हाल कम्पनीले १० जिल्लामा ३३ शाखा कार्यालयबाट सेवा दिँदै आएको छ । हाल कम्पनीको चुक्ता पुँजी सात करोड रुपैयाँ छ । आईपीओ जारी गरी बाँडफाँडपछि कम्पनीको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP