मंगलबार , बैसाख २९, २०८३

दाङ । चट्याङ लागेर दाङमा दुई महिलाको ज्यान गएको छ । अन्य १२ जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका-१२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

मृतक र घाइतेको अझै नाम खुल्न नसकेको दाङका प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले बताएका छन् । ‘दुई जनाको मृत्यु भन्ने खबर आएको छ । त्यहाँ जान गाडीबाट झरेर पनि ४ घण्टा हिँड्नु पर्छ । कसैसँग सम्पर्क भएको छैन’, उनले भने, ‘बिहान वडाध्यक्षलाई फोन आएको रहेछ उहाँ पनि हाम्रो प्रहरी टोलीसँगै गइरहनु भएको छ । अझै डेढ घण्टा जतिमा पुगौंला भन्नुभएको छ ।’ उनले त्यो ठाउँमा फोन सम्पर्क समेत नभएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP