मंगलबार , बैसाख २९, २०८३

बुटवल । बुटवल सुख्खानगरस्थित दिप बोर्डिङका शिक्षकले कक्षाकोठामै विद्यार्थी कुटपिट गरेको भन्दै विद्यार्थी र अभिभावकले शिक्षकमाथि कारबाहीको माग गरेका छन् ।
दीप बोर्डिङ हाई स्कुलका कम्प्युटर शिक्षक एकराज गुरागाईले कक्षा १० का विद्यार्थी जेनित रायमाझीलाई हाँसेको भन्दै गालामा थप्पड हानेका हुन् ।

गुरागाईंले थप्पड हान्दा तिलोत्तमा-५ का रायमाझीको कान र बंगारामा समेत असर गरेको जेनितका अभिभावकले बताए । ‘चोटका कारण डाक्टरले १५ दिनसम्म आराम गर्न भन्नुभएको छ’ जेनितकी आमा चन्दा रायमाझीले भनिन्, ‘कक्षा कोठामै विद्यार्थी कुट्ने शिक्षकमाथि कारबाही हुनुपर्छ ।’

विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले शिक्षक गुरागाईंले जेनितलाई कुटपिट गरेकोबारे विद्यालयले आन्तरिक छानबिन गरिरहेको र दोषी प्रमाणित भए कारबाही गर्ने बताए ।

उनले जेनितका बुबा डिबी रायमाझी पनि एक महिनाअघिसम्म विद्यालयका शिक्षक रहेको र हाल छोडेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP