शनिबार , भाद्र १३, २०८३

काठमाडौँ । नेपाललाई ७ रनले पराजित गर्दै केन्याले पाँच ट्वान्टी-२० खेलको श्रृंखला २-२ बराबरी गरेको छ । नैरोबीमा भएको श्रृंखलाको चौथो खेलमा १०२ रनको सामान्य लक्ष्य पूरा गर्न सकेन । ब्याटिङ नचल्दा नेपालले केन्यासँग पराजय व्यहोर्नु परेको छ ।

निर्धारित २० ओभरको खेलमा नेपालले ९ विकेटको क्षतिमा ९४ रन मात्रै बनाउन सक्यो । नेपालका लागि रोहित पौडेलले ४७ रनको पारी खेलेका थिए । अन्तिम ओभरमा बोल्ड हुनअघि ५५ बल खेलेका पौडेलले २ छक्का र २ चौका प्रहार गरेका थिए । पौडेलबाहेक कुनै पनि नेपाली ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १०१ रन मात्रै बनाउन सक्यो । नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिएका थिए । ४ ओभर बलिङ गरेका लामिछानेले ९ रन दिएर ५ विकेट लिएका थिए ।

केन्याका लागि लुकास ओलुचले ३३ रन बनाएका थिए १८ बल खेलका उनले ३ छक्का र ३ चौका प्रहार गरेका थिए । कोलिन्स ओबुयाले २० रन र शेम गोचेले १३ रन बनाए । पहिलो र तेस्रो खेलमा नेपालले जितेको थियो भने केन्याले दोस्रो र चौथो खेल जितेको हो । शृंखलाको अन्तिम खेलमा मंगलबार हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP