आइतबार , बैसाख ७, २०८२

काठमाडौँ । नेपाललाई ७ रनले पराजित गर्दै केन्याले पाँच ट्वान्टी-२० खेलको श्रृंखला २-२ बराबरी गरेको छ । नैरोबीमा भएको श्रृंखलाको चौथो खेलमा १०२ रनको सामान्य लक्ष्य पूरा गर्न सकेन । ब्याटिङ नचल्दा नेपालले केन्यासँग पराजय व्यहोर्नु परेको छ ।

निर्धारित २० ओभरको खेलमा नेपालले ९ विकेटको क्षतिमा ९४ रन मात्रै बनाउन सक्यो । नेपालका लागि रोहित पौडेलले ४७ रनको पारी खेलेका थिए । अन्तिम ओभरमा बोल्ड हुनअघि ५५ बल खेलेका पौडेलले २ छक्का र २ चौका प्रहार गरेका थिए । पौडेलबाहेक कुनै पनि नेपाली ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १०१ रन मात्रै बनाउन सक्यो । नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिएका थिए । ४ ओभर बलिङ गरेका लामिछानेले ९ रन दिएर ५ विकेट लिएका थिए ।

केन्याका लागि लुकास ओलुचले ३३ रन बनाएका थिए १८ बल खेलका उनले ३ छक्का र ३ चौका प्रहार गरेका थिए । कोलिन्स ओबुयाले २० रन र शेम गोचेले १३ रन बनाए । पहिलो र तेस्रो खेलमा नेपालले जितेको थियो भने केन्याले दोस्रो र चौथो खेल जितेको हो । शृंखलाको अन्तिम खेलमा मंगलबार हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP