बुधबार , असार ४, २०८२

काठमाडौ । आउँदो मंसिर ४ गते हुने चुनावका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता सार्वजनिक गरेको छ । आज सोमवार राजपत्रमा प्रकाशित भएको आचारसंहिता आयोगले निणर्य गरेको दिनदेखि लागू हुनेछ ।

आयोगले केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति र हरेक जिल्लामा जिल्ला आचारसंहिता अनुगमन समिति गठन गर्ने जनाएको छ । निर्वाचन आयोगका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन, गृह र सञ्चार मन्त्रालयका सचिव स्वतः अनुगमन समितिमा रहने व्यवस्था छ ।

आचारसंहितामा राजनीतिक दल, सरकार, सुरक्षा निकाय, चुनावमा खटिने कर्मचारी, सञ्चारमाध्यम र नागरिकले पालना गर्नुपर्ने विषय समेटिएका छन् । खासगरी चुनावको समयमा सरकारी स्रोत, साधनको दुरुपयोग हुन नदिनका लागि आयोगले कडा खालका प्रावधान ल्याएको छ । निर्वाचन आयोगद्वारा जारी आचारसंहिता अनुसार संघ र प्रदेश सरकारका मन्त्रीहरुले आफ्नो दलका लागि चुनाव प्रचार गर्न नपाउने भएका छन् ।

तर, आफू उठेको चुनाव क्षेत्रमा भने उनीहरुले चुनाव प्रचार गर्न पाउने छन् । त्यसरी चुनाव प्रचार गर्दा सरकारी गाडीलगायतका स्रोत साधन प्रयोग गर्न पाइने छैन ।
पूर्णपाठ
https://drive.google.com/file/d/1yk0HV3EkYJkRzx31eneKCarwZUz_Yorp/view

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP