शनिबार , भाद्र १३, २०८३

बुटवल।मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले जिल्लाको एक दलित बस्तीमा पुगेर स्थानीयलाइ दर खुवाएको छ ।

समाजको नयां नेतृत्वको पहिलो कार्यक्रम अन्तर्गत तीजको अवसरमा दलित ,बिपन्न समुदायको बसोबास रहेको सैनामैना नगरपालिका वडा न ७ स्मृतिटोलमा तीजमिलन तथा दरखाने कार्यक्रम गरिएको समाजका रुपन्देही सभापति कृष्ण भट्टराइले बताउनुभयो ।
सो गांउका करिब १ सय जनलाई तीजको दर खुवाइएको हो भने स्थानीयले पञ्चेबाजा सहित दिनभर नाचगान गरेर खुसी साटासाट गरे ।
सो अबसरमा बोल्दै सैनामैना नगरपालिकाका नगरप्रमख फणिन्द्रप्रसाद शर्माले हुदा खाने र हुने खानेबिचको खाडल पुरेर चाडपर्वहरु सबैका साझा बनाउनुपर्ने बताउनुभयो ।उहांले समाजमा पर्वको नाममा बिकृती देखापरेको भन्दै त्यसलाइ रोक्नुपर्नेमा जोड दिनुभयो ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोबिन्द खनालले तीजलाइ संस्कृती र परम्परासंग जोडेर जगेर्ना गर्नुपर्ने बताउनुभयो । उहाले मौलिकताको खोजी गर्नुपर्ने बताउनुभयो ।

समाजका जिल्ला उपसभापति कपिल ज्ञवालीले संस्कृतीको खोजीका लागि पुराना पुस्ताले नयांपुस्तालाइ संगै हिडाउनुपर्ने बताउनुभयो । सो अबसरमा स्थानीयबासी सुरेश परियारले सैनामैनाको बिपन्न परिवार रहेको बस्तीमा शान्ति समाजले तीज मिलन गरेकोमा स्थानीय खुसी भएको धारणा राख्नुभयो ।

कार्यक्रममा घरमै रहेका र माइत आएका चेलीबेटी तथा स्थानीयले दिनभर दरखांदै नाचगांन गरेर रमाइलो गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP