मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । भारतीय वायु सेनाका उपप्रमुख तेजवीर सिंह नेपाल आएका छन् । भारतको नयाँ दिल्लीस्थित नेसनल डिफेन्स कलेजमा सञ्चालित नेसनल डिफेन्स कोर्स-६२ मा सहभागी शिक्षार्थीहरूसहित ३१ सदस्यीय भ्रमणदल आज काठमाडौं आइपुगेको छ ।

भदौ १२ देखि १६ गतेसम्म नेपाल भ्रमण गर्ने योजना अनुरूप एयर भाइस मार्सल तेजवीर सिंह नेतृत्वको टोली काठमाडौं आएको नेपाली सेनाले जनाएको छ । पाँच दिवसीय भ्रमणको क्रममा उक्त भ्रमण दलले भोलि प्रधानमन्त्री तथा रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने तालिका छ । भ्रमण दलले भोलि नै जङ्गी अड्डाको भ्रमण गर्नेछ ।

यस्तै, भदौ १४ गते पोखरास्थित मध्य कमाण्ड हेड क्वाटरको भ्रमण गर्ने कार्यक्रम छ । साथै, उक्त भ्रमणदलद्वारा पशुपतिनाथ मन्दिर, काठमाण्डौं दरबार स्क्वायर, लुम्बिनीलगायत काठमाडौं र पोखरामा अवस्थित विभिन्न पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP