मंगलबार , बैसाख २९, २०८३

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चुनावी कमाण्डर केन्द्रीय सदस्य एवं भरतपुर महानगर मेयर रेनु दाहाल बन्ने भएकी छन् ।

आज (आइतबार) को बाग्मती प्रदेशको बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्नेक्रममा रेनुलाई प्रचण्डको चुनावी कमाण्डर बनाउने निर्णय भएको माओवादी केन्द्रका चितवन जिल्ला अध्यक्ष आरसी अधिकारीले जानकारी दिए ।

सबै केन्द्रीय सदस्यलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कार्यविभाजन गरेर खटाएको छ । केन्द्रीय सदस्यलाई जिम्मेवारी दिनेक्रममा रेनुलाई प्रचण्डको चुनावी क्षेत्रमा खटाएको हो । प्रचण्डको चुनावी क्षेत्र चितवन क्षेत्र नम्बर ३ हो । अरु केन्द्रीय सदस्यलाई समेत प्रदेशका १३ जिल्लामा कमाण्डर बनाएर खटाएको छ ।

यसैगरी बैठकले चितवन क्षेत्र नम्बर १ को चुनावी कमान्डरमा कञ्चन खनाललाई दिएको छ । क्षेत्र नम्बर २ मा घनश्याम दाहाल कमाण्डर तोकिएका छन् । यसैगरी बागमतीमा पर्ने सबै जिल्लाको चुनावी कमाण्डर पनि माओवादीले चयन गरेको छ ।

जसमध्ये, काठमाडौंको १ मा अनिल शर्मा, २ मा कुमार पौडेल, ३ मा बद्री बजगाईं, ४ मा गोविन्द बटाला, ५ मा कल्पना शर्मा, ६ मा हिमाल शर्मा, ७ मा रामबाबु फुयाल,८ मा सरिता श्रेष्ठ, ९ मा शंकर दुलाल र १० मा अञ्जना विसङ्खेलाई मंसिर चार गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावी कमाण्डर बनाएको माओवादीका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

काठमाडौं महानगरभित्रको सबै चुनावी कमाण्ड मुक्ति प्रधानले गर्नेछन् । यस्तै भक्तपुर जिल्लाको क्षेत्र नम्बर १ मा देवेन्द्र श्रेष्ठ र डीपी ढकाल तथा २ को कमान्डरमा दिलीप प्रजापति चयन भएका छन् । ललितपुरमा क्षेत्र नम्बर १ मा गंगा पराजुली, २ मा उर्मिला लामा र क्षेत्र नम्बर ३ मा हरि दाहाल र पद्मा राईलाई कमाण्डर बनाउने निणर्य गरेको माओवादी बागमती समितिले जानकारी दिएको छ ।

काभ्रे जिल्लामा सूर्यमान दोङ र रुकु चौलागाई, सिन्धुपाल्चोकमा माधव सापकोटा र शरद दुलाललाई चुनावी कमाण्डर बनाएको छ ।

दोलखामा देवी खड्का कमाण्डर चयन हुँदा रामेछापमा श्यामकुमार श्रेष्ठ बनेका छन् । यसैगरी सिन्धुलीमा दीर्घराज श्रेष्ठ र वसन्त माझी चुनिएका छन् । मकवानपुरको क्षेत्र नम्बर १ मा विजय गौतम र क्षेत्र नम्बर २ मा कुमारी मोक्तान कमाण्डर चुन्ने निणर्य भएको छ । नुवाकोटमा हितबहादुर तामाङ क्षेत्र नम्बर १ र विमला सुवेदी क्षेत्र नम्बर २ का लागि चुनावी कमाण्डर बनाइएका छन् । धादिङमा शालिकराम जम्कट्टेले एक्लै चुनावी कमाण्डर बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP