शनिबार , भाद्र १३, २०८३

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रियसभाको आइतवारको बैठकमा पेश भएको छ ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।

राष्ट्रिय सभाको आइतबारको दोस्रो बैठकमा गृहमन्त्री खाँणले उक्त प्रस्ताव प्रस्तुत गर्ने राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए । राष्ट्रपतिले प्रमाणीकरणका लागि प्राप्त भएको १४ दिनपछि गत साउन २९ गते प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । त्यसक्रममा राष्ट्रपतिले संसद्लाई ८ पृष्ठ लामो सन्देश लेखेकी थिइन् ।

प्रतिनिधिसभाले भदौ २ गतेको बैठकबाट विधेयकलाई जस्ताको तस्तै पारित गरेको थियो । प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको विधेयकको सन्देश राष्ट्रिय सभाको आइतबारको पहिलो बैठकमा वाचन गरिएको थियो । विधायन व्यवस्थापन समितिले विधेयकमा संशोधन गर्ने वा जस्ताको तस्तै पारित गर्नुपर्ने प्रतिवेदन राष्ट्रिय सभालाई दिनेछ । त्यसपछि विधेयक राष्ट्रिय सभामा निणर्यार्थ प्रस्तुत हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP