मंगलबार , असार २३, २०८३

काठमाडौं । फिल्म ‘छड्के २’ को अहिले धमाधम छायांकन भइरहेको छ । तर निर्माण युनिटलाई फिल्मको प्रचार प्रसारको हतारो देखिएको छ ।

यस्तैमा फिल्मको फष्टलुक सार्वजनिक गरिएको छ । जसमा अभिनेता अनमोल केसीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । पोष्टरमा उनको लामो कपाल र शरीरभरी अनौठो किसिमको ट्याट र मुखमा चुरोट देख्न सकिन्छ । अनुहार रगतले पोतिएको उनको हातमा धारिलो हतियार पनि देखिन्छ ।

फिल्मको चितवनका बिभिन्न स्थानमा छायांकन भइरहेको छ । निगम श्रेष्ठको निर्देशन रहेको फिल्ममा रोविन तामाङ, कमलमणि नेपालको पनि मुख्य भूमिका छ । निर्माण टिमले अनमोलको अपोजिटमा अभिनेत्रीको छनोट गरिसकेको भए पनि नाम भने सार्वजनिक गरेको छैन ।

६० दिनको सेड्युल राखिएको फिल्म चितवनपछि मुस्ताङमा खिचिनेछ । ६ वर्ष अगाडि प्रदर्शनमा आएको ‘छड्के’ लाई पनि निगम स्वयंले निर्देशन गरेका थिए । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, नम्रता श्रेष्ठ लगायतको अभिनय थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP