शनिबार , भाद्र १३, २०८३

काठमाडौं । देशका धेरैजसो स्थानमा आज (आइतबार) बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । देशका चार प्रदेशमा आज भारी बर्षाको सम्भावना रहेको बताइएको छ । जसका कारण आज ठूला नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कन्काई, कोसी, वाग्मती, तिनाउ र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्नेछ । केही सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

आज पाँचथर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ ।

यस्तै, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), तनहुँ, पाल्पा, स्याङ्जा, पर्वत, म्याग्दी, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, गुल्मी, दाङ, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, सुर्खेत, कालीकोट, बाजुरा, बझाङ र आसपास भई बहने केही साना नदीहरूमा बहाव बढ्नेछ । केही साना नदीहरूमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।यस्तै, चितवन, बारा, पर्सा, रौतहट, सप्तरी, बाँके र आसपास भई बहने साना नदीहरूमा समेत बहाव बढ्न सक्ने ।

पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP