मंगलबार , असार २३, २०८३

सिउल । दक्षिण कोरियाले फेरि विश्वको सबैभन्दा कम प्रजनन दर रेकर्ड गरेको छ । सन् २०१८ मा देशमा यो दर पहिलो पटकप्रति महिला एक बच्चा भन्दा कम थियो ।

तर, सरकारले बुधबार सार्वजनिक गरेको एक तथ्यांकमा जन्मदर अघिल्लो वर्ष शून्य दशमलब ८४ बाट शून्य दशमलब ८१ मा झरेको देखाएको छ र यो लगातर छैटौँ पटक जन्मदरमा गिरावट हो ।

आर्थिक सहयोग र विकास संगठन ओईसीडीले विगत छ दशकहरूमा प्रजनन दर स्पष्ट रूपमा घटेको जनाएको छ । तर यो प्रवृति विशेष गरी दक्षिण कोरियामा उल्लेख गरिएको छ, जहाँ परिवारको आकार केही पुस्ताको अवधिमा घटेको छ । सन् १९७० को सुरुमा महिलका औसत चार बच्चाहरु थिए ।

घट्दो जनसंख्याले देशलाई ठूलो तनावमा पार्न सक्छ । स्वास्थ्य सेवा प्रणाली र निवृत्तिभरणको माग बढ्दै जाँदा सार्वजनिक खर्चमा बढ्दो दबाबको अलावा, घट्दो युवा जनसंख्याले पनि अर्थतन्त्रलाई असर गर्ने श्रमिक अभाव निम्त्याउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP