मंगलबार , अषोज २७, २०८३

काठमाडौं । केन्याविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा नेपाल पराजित भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार नेपाललाई केन्याले १८ रनले पराजित गरेको हो ।

केन्यासँग नेपालले सबैखाले फर्म्याटको क्रिकेटमा पहिलो हार व्यहोरेको हो । केन्याले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा अलआउट हुँदै १ सय १४ रन मात्र बनाउन सक्यो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाए । आदील अन्सारी र रोहित पौडेलले २०र२० रन जोडे । केन्याका लुकास ओलुओच, इमानुएल बुन्डी र भिराज पटेलले २–२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो ।केन्याका लागि राकिप पटेलले सर्वाधिक ३५ रन जोड्दा नेहिमिह ओधियाम्बोले २९ रन बनाए ।

नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिए ।करण केसीले २ तथा पवन सर्राफले १ विकेट लिए ।

यस जितसँगै केन्याले ५ खेलको सिरिजमा १–१ को बराबरीमा गरेको छ । बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।अब नेपालले केन्याविरुद्धको तेस्रो खेल आइतबार खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP