आइतबार , बैसाख ७, २०८२

काठमाडौं : राहदानी विभागले आउँदो आइतबारदेखि बेसमेन्ट सेवाग्राहीका लागि पार्किङ स्थलको रुपमा प्रयोग हुने जानकारी दिएको छ । मेयर बालेन्द्र साह (बालेन)नेतृत्वको महानगरको टोलीले शुक्रबार दिउँसो विभागको बेसमेन्टमा रहेका कुर्सीसहितका सामग्री हटाएको थियो ।

अवैध रुपमा बनेका संरचना र अनुमतिविपरीत उपयोग गरिएका स्थानमा निगरानी बढाएको महानगरले विभागले पार्किङका लागि अनुमति लिएको बेसमेन्टमा कुर्सीसहितका सामन राखेपछि हटाएको थियो ।

महानगरको सो कार्यपछि विभागले विज्ञप्ति जारी गरेर आइतबारदेखि बेसमेन्टसेवाग्राहीका लागि पार्किङको रुपमा प्रयोग गरिने जानकारी दिएको हो ।

विभागले आइतबारदेखि नै लाइभ इनरोलमेन्ट सेन्टर राहदानी विभाग कायम भएका सेवाग्राही मात्र राहदानी आवेदनका लागि यस विभागमा आइदिन, आवेदकहरू आवेदन फाराममा तोकिएको मिति र समयमा मात्र आइदिन, तयार भएको राहदानी लिन आउने सेवाग्राहीहरू साविकमा झैँ गेट नं. २ बाट प्रवेश गरिदिन, राहदानीसम्बन्धी सेवा लिनका लागि विभाग आउँदा आवश्यक अवस्थामा बाहेक सम्बन्धित आवेदक मात्र आइदिन र राहदानी विभाग बाहिरको सडकमा अनावश्यक भिडभाड नगरिदिन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP