शनिबार , भाद्र १३, २०८३

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले दलीय दबाबले उपत्यकाका अतिक्रमण हटाउन नसकेको बताएकी छिन् ।

शुक्रबार सामाजिक सञ्जालमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई समर्थन गर्दै दलीय दबाबका कारण रोकिनु परेको बताएकी छिन् ।

फेसबुकमा ९ बुँदे आग्रह अपडेट गर्दै नेता झाँक्रीलाई मेयर शाहले आफूले जस्तो दलीय दबाब व्यहोर्न नपर्ने तर्क गरेकी छिन् । झाँक्रीले अनधिकृत संरचनामा डोजर लगाउने मेयर शाहको कदमलाई समर्थन गर्दै अगाडि गर्नुपर्ने कामहरूको सूचि पनि प्रस्तुत गरेकी छिन् ।

झाँक्रीले वाग्मती करिडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसके पनि पछि चुनाव आएको छ भनेर रोकिएको बताइन् । उनले भनेकी छिन्, ‘मैले वाग्मती करिडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको थिएँ। निर्वाचन आएकोछ यसले नगरौँ भन्ने दबाब आयो र स्थगन गर्न पर्‍यो । स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरि हटाउन सुरू भएको थियो। मेरो कार्यकाल लामो रहेन।मेयर बालेनजी र मैले केही योजना बनाएका थियौं।’

उनले इमान्दार प्रयासहरू सफल हुने उल्लेख गर्दै आफूलाई जस्तो बालेनलाई दलीय दबाब नहुने बताएकी छिन् । उनले अगाडि भनेकी छिन्, ‘मलाई जस्तो दलीय दबाब मेयर बालेनजीलाई हुँदैन। ‘

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP