मंगलबार , बैसाख २९, २०८३

अष्ट्रेलिया । अष्ट्रेलियाली नागरिकहरुलाई आगामी अक्टोबर महिनासम्ममा कोरोना भाइरसविरुद्धको खोप दिइसक्ने बताइएको छ। अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिससले सोमबार सो कुराको जानकारी गराएका हुन्।

उनले नेसनल प्रेस क्लबमा आज गरेको सम्बोधनका क्रममा सो जानकारी दिएको राजधानी क्यानबेराबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन्।

प्राप्त समाचारअनुसार प्रधानमन्त्री मरिससले उक्त कार्यक्रममा बोल्दै अष्ट्रेलियाली नागरिकलाई यसै वर्षको अक्टोबर महिनाभित्र खोप दिइ सक्ने कार्यक्रम यहाँको सरकारले बनाएको बताएका थिए। उनले भने,‘मलाई लाग्छ यो अष्ट्रेलियाको इतिहासमै एउटा गाह्रो काम हुनेछ। यसका लागि अष्ट्रेलियाली सरकारले यहाँका सबै नागरिकलाई खोप लिनका लागि उत्साहित गरेको छ।’

त्यस सम्बोधनका क्रममा प्रधानमन्त्री मरिसनले अष्ट्रेलियाली नागरिकलाई खोप लाउने काममा प्रोत्साहन गर्नु पनि गाह्रो काम भएको बताएका थिए। सबै नागरिकलाई खोप दिने कार्यक्रम र त्यो पनि आगामी अक्टोबर महिनाभित्रै सक्ने काम बडो महत्वाकांक्षी रहेको पनि उनले बताए।
यस प्रयोजनका लागि प्रधानमन्त्री मरिसनले सरकारले १९ अब अष्ट्रेलियन डलर बराबरको बजेट छुट्याइएको पनि जानकारी गराएका थिए।

यस सम्बोधनका क्रममा उनले खोप कार्यक्रमका लागि छुट्याइएको यो रकम अष्ट्रेलियाको इतिहासमै सबैभन्दा ठूलो रकम भएको पनि जानकारी दिएका थिए। अष्ट्रेलियाले यो कार्यक्रम अन्तर्गत यहाँका कम्तीमा पनि २ करोड ५० लाख अष्ट्रेलियाली नागरिकलाई खोप दिइने भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

यस प्रयोजनका लागि अष्ट्रेलियाले एक करोड डोज फाइजरको खोप बुकिङ गरिसकेको छ र यी डोजहरु पहिलो चरणमा लगाइने छ। त्यसपछि विस्तारै आवश्यकता अनुसार अरु डोजहरु पनि लगाइने भएको अष्ट्रेलियाली नागरिकले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP