मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज (बिहीबार) बस्ने भएको छ । गठबन्धनबीच सिट बाँडफाँटमा सहमति जुटाउन आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदल बनाइएको भए पनि त्यहाँ सहमति नजुटेपछि शीर्ष नेताहरुबाटै सहमति खोज्ने प्रयास भइरहेको छ । गठबन्धनमा रहेका दलहरु आ आफ्नो दाबीबाट पछि नहटेपछि कार्यदलले सहमति जुटाउन सकेको थिएन । बैठकमा नेपाली काँग्रेसले प्रत्यक्षतर्फ एक सय सिटमा दाबी गरेको छ भने अन्य दलहरुले ८० सिट मात्र दिन सकिने बताउँदै आएका छन् ।

एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले जसरी पनि आफूलाई संघीय प्रतिनिधिसभामा २४ सिट चाहिने अडान लिएको छ । माओवादी केन्द्रले गठबन्धनका अन्य दलले ८५ सिट र कांग्रेसले ८० सिट लिएर चुनावमा जानुपर्ने प्रस्ताव राखेको छ । जसले गर्दा सिट बाँडफाँट कार्यदलले काम गर्न सकेको छैन ।

‘माओवादी केन्द्र र नेकपा एसको अपेक्षा निकै ठूलो देखियो, जसले गर्दा कार्यदलमा अहिले नै सिट संख्या टुंग्याउने अवस्था देखिएन’, कार्यदलका एक सदस्यले भने । ती सदस्यका अनुसार मंगलबारको बैठकमा शीर्ष नेताहरूलाई एकल वार्ता गरेर सिट संख्या टुंग्याउन फेरि आग्रह गर्ने सहमति भएको छ । कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला बिरामी परेका कारण शीर्ष नेताहरूलाई ब्रिफिङ गर्न केही ढिला हुने बताइएको छ ।

छलफलका क्रममा माओवादीलगायतका दलले नेकपा एसलाई १० देखि १२ सिट मात्रै प्रस्ताव गरेका थिए । तर नेकपा एसले आफूले कम्तीमा २४ सिट पाउनुपर्ने दाबी नछाडेपछि अल्झन भएको हो । नेकपा एसका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आफूहरूले ४० सिटमा दाबी गरेको तर बाँडफाँट गर्दा भागमा २४ सिट पर्ने बताए ।
‘गठबन्धन गरेर संविधान जोगाउन हामी एमालेबाट अलग भएका हौं, यस काममा सहभागी २४ जना साथीले चुनाव लड्न पाउनुपर्छ भन्ने हाम्रो अडान छ, सायद यही बिन्दुमा गठबन्धनको सिट संख्या तोकिनेछ र गठबन्धन हुनेछ,’ खतिवडाले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP