मंगलबार , अषोज २७, २०८३

सिड्नी । गत अगस्टदेखि नै चीन सरकारको नजरबन्दमा रहेकी अष्ट्रेलियन पत्रकार चेंग लीलाई चीनले घोषित रुपमै पक्राउ गरेको छ ।

राष्ट्रको गोप्य सूचना सार्वजनिक गरेको आरोपमा चीन सरकारले उनलाई औपचारिक रूपमा पक्राउ गरेको हो ।

चिनियाँ टेलिभिजन सीजीटीएनका लागि कार्यरत चेंगलाई पक्राउ गरेपछि सोमबार अस्ट्रेलियाकी विदेशमन्त्री मारिस् पाइनले दुई देशबीचको सम्बन्ध यस घटनाले झन् बिग्रिएको प्रतिक्रिया दिएकी छन् ।

विदेशमन्त्री पाइनले विज्ञप्ति निकाल्दै उक्त घटनाप्रति आपत्ति जनाएकी थिइन् । अष्ट्रेलियन पत्रकार चेंग चीनमा जन्मिएर अष्ट्रेलियामा हुर्किएकी थिइन् । ९ वर्षजति सीएनबीसीमा काम गरेपछि उनी चाइना ग्लोबल टेलिभिजन न्युज (सीजीटीएन)मा आबद्ध भएकी थिइन् ।

उनी पक्राउ परेपछि सीजीटीएनले समेत उनको प्रोफाइल आफ्नो वेबसाइटबाट हटाएको छ । २०१८ मा उनले आफ्नो कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यंग्य गर्ने गरी एउटा भिडियो प्रस्तुत गरेपछि उनको चर्चा र विवाद भएको थियो ।

पछिल्लो घटनासँगै चीन र अस्ट्रेलियाबीच सम्बन्ध थप बिग्रिँदै गएको टिप्पणी हुन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP