
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका वर्तमान र पूर्व सुरक्षा अधिकारीहरूसँग छलफल गरेकी छन् ।
राष्ट्रपति भण्डारीले उनीहरूलाई बुधबार शीतल निवासमा बोलाएर छलफल गरेकी हुन् । नेपाली सेनाको परमाधिपति समेत रहेकी राष्ट्रपति भण्डारीले सुरक्षा निकायका अधिकारीसँग गरेको कुराकानीबारे विस्तृत विवरण सार्वजनिक भएको छैन ।
सुरक्षा स्रोतका अनुसार राष्ट्रपतिले उनीहरुलाई धन्यवाद दिएकी छन् । दोस्रो कार्यकालको अन्तिम चरणमा रहेकी राष्ट्रपति भण्डारीले पछिल्लो समय अन्य क्षेत्रका व्यक्तिहरुसँगको भेटवार्तामा तीव्रता दिएकी छन् । भण्डारी दोस्रो पटक २०७४ फागुन २९ मा राष्ट्रपति निर्वाचित भएकी हुन् । उनको कार्यकाल सकिँदै छ ।