मंगलबार , असार २३, २०८३

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले आज (बुधबार) बाट सर्वसाधारणका लागि आईपीओ निष्कासन बिक्री सुरु गरेको छ । लघुवित्तले १०० रुपैयाँ अंकित मूल्यका एक करोड ३२ लाख रुपैयाँ बराबरको एक लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।

लघुवित्तले निष्कासन गरेको कुल सेयरमध्ये दुई हजार कित्ता कर्मचारीहरूका लागि र ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ । बाँकी रहेको एक लाख २३ हजार ४०० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

उक्त आईपीओमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म मागबमोजिम आवेदन नपरेमा भदौ २२ गतेसम्म आवेदन दिने समय थप हुने बताइएको छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम एक हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । इच्छुक आवेदकले मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् । यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सी-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सक्ने जनाइएको छ ।

सर्वसाधारणलाई निष्कासन गरिने सेयरका लागि कम्पनीलाई इक्रा नेपाल लिमिटेडले ‘इक्राएनपी-आईआर डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्छ । वास्तविक वित्तीय विवरण २०७७/७८ अनुसार कम्पनीको प्रतिसेयर आम्दानी एक रुपैयाँ नौ पैसा छ । प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ नौ पैसा छ ।

उक्त अवधिसम्म कम्पनी २९ करोड नौ रुपैयाँ लाख सञ्चित नाफामा छ । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्स) बाट दोस्रो बजारमा करोबारका लागि १०१ रुपैयाँ नौ पैसादेखि ३०३ रुपैयाँ २७ पैसा मूल्य रेन्ज पाउने देखिन्छ । कुनै पनि कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले वास्तविक प्रतिसेयर आम्दानीको तीन गुणासम्म मूल्य रेन्ज तोक्ने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP