शुक्रबार , भाद्र १२, २०८३

काठमाडौँ । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीसँग चुनावअघि एकता सम्भव नभएको बताएका छन् ।

आगामी आम निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादी आ-आफ्नो चुनाव चिन्ह लिएर सहभागी हुने उनले बताए । आज (मंगलबार) संसद बैठकबाट बाहिरिँदै सञ्चारकर्मीसँगको कुराकानीका क्रममा नेपालले सो कुरा बताएका हुन् ।

‘अहिले नेकपा माओवादी केन्द्रसँग प्रारम्भिक कुराकानी चलेको छ । एकताको कुरा चुनावअघि सम्भव छैन् । आ-आफ्नो पार्टी चुनाव चिन्हको आधारमा चुनाव लडिन्छ,’ उनले भने ,‘तर, पाँच दलीय गठबन्धनलाई आधार बनाएर अघि बढिन्छ ।’

अहिले आफूहरु चुनावलाई केन्द्रविन्दुमा राखेर हिँडेको नेपालले बताए । ‘हामीले चुनावलाई केन्द्रविन्दुमा राखेका छौं । नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाएर जानुपर्छ भनेका छौं । त्यसका लागि हामीले विभिन्न राजनीतिक दलसँग कुरा गर्छौं,’ नेपालले भने । माओवादीसँग एकताका लागि एकता संयोजन समिति बनाउने कुरा सोचिरहेको पनि नेपालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP