शुक्रबार , भाद्र १२, २०८३

काठमाडौँ । नेपाल वायु सेवा निगमको सञ्चालक समितिले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सात दिने स्पष्टीकरण सोधेको छ । मन्त्रिपरिषद्ले बर्खास्त गरे पनि सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि हाजिर हुँदै आइरहेका अधिकारीसँग चौथो पटक स्पष्टीकरण सोधिएको हो ।

सोमबार निगम मुख्यालयमा बसेको सञ्चालक समितिको बैठकले निलम्बित कार्यकारी अध्यक्ष अधिकारीसँग दर्जन बढी विषयमा स्पष्टीकरण बुझाउन भनेको हो । स्पष्टीकरणमा कमिसनको प्रलोभनमा ८ महिनादेखि निगमको न्यारोबडीको इन्जिन मर्मत नगरी भाडामा ल्याइएको र मर्मत नगर्नुको कारण, उक्त इन्जिन ८ महिनादेखि स्थानीय एजेन्ट खडा गरेर दैनिक ३ लाख रुपैयाँमा भाडामा चलाउनुको कारण, आन्तरिक प्रयोगमा रहेका नाइनएन-एबीएस विमान हालसम्म मर्मत गरेर प्रयोगमा नआउनुको कारण मागिएको छ ।

यस्तै सर्वसाधरणलाई टिकट बिक्री गरेर जहाज चार्टर उडानमा लगाइएको, करार र ज्यालादारीमा प्रक्रिया उल्लंघन गरेर भर्ना गरिएको, विदेशमा कर्मचारी पदस्थापनमा पक्षपात तथा प्रक्रिया उल्लंघन गरिएको, चिनियाँ जहाजको व्यवस्थापन गर्न नसकेको, हवाई टिकटलाई अनलाइनबाट बिक्री गर्न नसकेकोलगायतका आरोप लगाइएको छ । पर्यटन मन्त्रालयले अधिकारीसँग २ पटक स्पष्टीकरण र एक पटक बयान लिएको थियो । त्यस्तै पर्यटन सचिवको संयोजकत्वमा उनीमाथि छानबिन गर्न समितिसमेत गठन गरिएको थियो । मन्त्रिपरिषद्ले उनलाई एक पटक निलम्बन र बर्खास्त गरेको थियो ।

मन्त्रिपरिषद्ले बर्खास्त गरे पनि सर्वोच्च अदालतको साउन १९ गतेको अल्पकालीन अन्तरिम आदेश देखाउँदै अधिकारी निगम फर्किएका छन् । यो मुद्दाको पेशी आउँदो शुक्रबारका लागि तोकिएको छ । उनलाई साउन १९ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपाल वायुसेवा निगमको हितविपरीत कार्य गरेको भन्दै ५२ वटा आरोपसहित बर्खास्त गरेको थियो । तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने नेतृत्वको जाँचबुझ समितिको प्रतिवेदनको सुझावका आधारमा मन्त्रिपरिषद्ले निलम्बनपछि दोस्रो पटक बर्खास्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP