शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले मिटरब्याज लिएर जनता ठग्नेहरुलाई सरकारले अनुसन्धानको प्राथमिकतामा राखेर छानबिन र कारबाही गर्ने बताएका छन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खाणले यस्तो बताएका हुन् । उनले मिटरब्याजमा जनतासँग पैसा ठग्ने मिटर ब्याजीहरुलाई स्थानीय अनुसन्धान नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयले प्रमुख प्राथमिकता राखेर काम गर्नुपर्ने बताए ।

मन्त्री खाणले वर्तमान सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै मिटर ब्याजीलाई कानूनी कारबाहीको दायरा भित्र ल्याउने र मिटर ब्याजीले जनतालाई दिइरहेको सास्तीलाई नियन्त्रण गर्ने नीति लिएको दाबी गरे ।

उनले मिटर ब्याजीलाई अनुसन्धान गरी कारबाही गर्नको लागि मन्त्रालयले कार्यदल बनाएर अनुसन्धान गरिरहेको बताए । मन्त्री खाणले मिटर ब्याजबाट ठगिएका आम जनतालाई उजुरी दिन आग्रहसमेत गरिएको बताए ।

उनले मिटर ब्याजबाट ठगिएको उजुरी भदौ ४ गते भन्दा पछाडि अनुमन गरे भन्दा धेरै रहेको जानकारी दिए । उनले अहिलेसम्म विभिन्न प्रदेश र जिल्लामा गरी १९ सय ३७ वटा मिटर ब्याजबाट ठगिका उजुरी परेको बताए ।

मन्त्री खाणले प्रदेश १ मा ९२ वटा, मदेस प्रदेशमा १,३३०, वागमतीमा २०२,गण्डकीमा ३५,लुम्बीनीमा २११,कर्णालीमा २२ र सुदूरपश्चिममा ४५ वटा उजुरी परेको बताए ।

उनले भने, ‘सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदा मिटर ब्याजीलाई कानूनी कारबाहीको दायरा भित्र ल्याउने र मिटर ब्याजीले जनतालाई दिइरहेको सास्तीलाई नियन्त्रण गर्ने नीति र कार्यक्रममा नै आएको छ । बाहिर जति चर्चा चल्छ मिटर ब्याजीको भदौ ५ गतेसम्म सोचेको भन्दा बढी उजुरी आएको छ । सरकारको स्थानीय अनुसन्धान नेपाल प्रहरी,जिल्ला प्रशासन कार्यालयले प्राथमिकतामा राखेर काम गर्नुपर्ने देखिएको छ । त्यो सरकारले गर्छौं ।’

गृहमन्त्री खाणले अहिलेसम्म परका तथा अब पर्ने उजुरी उपर मन्त्रालय तत्काल छानबिन र अनुसन्धान गरेर कानूनी कारबाही अगाडि बढाउने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP