शनिबार , भाद्र १३, २०८३

म्याड्रिड । रोबर्ट लेवनडोस्कीले गरेको पहिलो प्रतिस्पर्धात्मक गोल मद्दतले बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार रियल सोसिडाडलाई ४-१ को गोलान्तरले पराजित गरेको छ । उनको यो लिगमा डेब्यु गोल हो ।

नयाँ सिजनमा बार्सिलोनाको यो पहिलो लिग जित पनि हो । यसअघि बार्सिलोनाले रायो भाल्कानोविरुद्ध गोलरहित बराबरी खेलेको थियो । पोलिस स्ट्राइकरले ४७ औं सेकेण्डमा पहिलो गोल गरेपछि ६८ औं मिनेटमा दोस्रो गोल पनि थपे ।

बार्सिलोनाका लागि ओसमन डेम्बेला र अन्सु फाटीले पनि गोल गरे । आइतबारको अर्को खेलमा एटलेटिको म्याड्रिडलाई भने भिल्लारियलले २-० गोलअन्तरले पराजित गर्‍यो ।

यो जितपछि भिल्लारियल दुई खेलबाट ६ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै एथलेटिको बिलबाओले भ्यालेन्सियालाई १-० गोलान्तरले पराजित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP