आइतबार , जेठ २६, २०८२

काठमाडौं । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज (सोमबार) बस्दै छ । प्रतिनिधिसभाको ११ औं अधिवेशनको ५७ औं बैठक बस्न लागेको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक शुरु हुनेछ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् । यसअघि हिजोका लागि तय गरिएको बैठक स्थगित गरेर आजको लागि आह्वान गरिएको हो । गिरीको निधनकै कारण हिजोको बैठक स्थगित गरिएको थियो ।

आजै राष्ट्रियसभाको बैठकमा पनि प्रतिनिधिसभाका सदस्य गिरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । राष्ट्रियसभाको १२औं अधिवेशनको ४७ औं बैठक बस्न लागेको हो । बैठक दिउँसो १२ः५९ बजे शुरु हुने संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP