शनिबार , बैसाख ६, २०८२

काठमाडौँ । सर्वोच्च अदालतले आज सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आगामी मङ्गलबार सुनाउने भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको संवैधानिक इजलासले सो फैसला सुनाउने भएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार यही भदौ ७ गते मङ्गलबारका दिन निर्णय सुनाउने मिति तय भएको हो । यसअघि यही भदौ १ गते आजका लागि निर्णय सुनाउने मिति तय गरिएको थियो ।

कर्मचारी समायोजनसम्बन्धी ९९ थान रिट निवेदनमा गत साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि आज मिति तोकिएको थियो । यो मुद्दामा फैसला नहुँदा सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन अन्योलमा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP