शुक्रबार , भाद्र १२, २०८३

इस्लामाबाद । पाकिस्तानको पञ्जाब प्रान्तमा एक कलेज पढ्ने युवतीलाई आफ्नी साथीका बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

विवाह गर्न अस्वीकार गरेको भन्दै युवतीको टाउकोको कपाल मुण्डन गरी १० लाख पाकिस्तानी रुपी माग गरेको बताइएको छ । मागेको रकम नदिए युवतीको भिडियो सामाजिक सञ्जालमा राखिदिने चेतावनी दिइएको जनाइएको छ ।

लाहोरबाट १५० किलोमिटर टाढा रहेको फैसलाबादमा उक्त घटना भएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् । युवतीलाई दुव्र्यवहार गरेको भिडियो केही दिनअघि सार्वजनिक भएको थियो । जसमा युवतीलाई संदिग्धहरूले कुटपिट गरेको, उनको टाउको र आँखीभौ खौरिएको र पीडितलाई जुत्ता चाट्न लगाइएको थियो ।

प्रहरीले मुख्य संदिग्ध शेख दानिश, उनकी छोरी र अन्य पाँच जनालाई पक्राउ गरेको जनाएको छ । ‘पुलिसले दानिश र उनकी छोरी सहित सात संदिग्धहरूलाई पक्राउ गरेको छ र बाँकी संदिग्धहरूलाई पक्राउ गर्न छापा मारिरहेको छ’, पञ्जाब प्रहरीका प्रवक्ताले भने । पीडित युवती आफ्नी वृद्ध आमासँग बस्दै आएकी थिइन । उनका दुई भाइ बेलायत र अष्ट्रेलियामा छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP