शुक्रबार , भाद्र १२, २०८३

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आउँदो आमनिर्वाचनमा सिट भन्दा पनि परिणाम धेरै लिने विषयमा पार्टीको ध्यान केन्द्रित रहेको दावी गरेका छन् । पार्टी कार्यालय सानेपामा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हाम्रो के कुरामा फोकस छ भने कति धेरै क्षेत्रमा उम्मेदवारी दिनेभन्दा पनि कति धेरै ठाउँमा हामी परिणाम ल्याउने ? त्यो महत्वपूणर् हो हाम्रा लागि ।’

उनले अगाडि थपे, ‘हामी उठ्ने चाहिँ धेरै ठाउँमा, परिणाम चाहिँ कम । २०७४ मा हामीले १६५ क्षेत्रमै लडेको होइन ?, २३० प्रदेश निर्वाचनमै लडेको होइन ? १६५ मा हाम्रो २३ सिट मात्रै आयो । यो कुरालाई हाम्रा जिल्लाका साथीहरुले बुझ्दै पनि जानुभएको छ, बुझ्नु पनि हुन्छ । तर त्यहाँको भावना, भोट ट्रान्सफर कसरी हुन्छ, हुँदैन सबै स्थिति मूल्यांकन गरेर यसको टुंगो लगाउँने छौं ।’

उनले गठबन्धनमा सिट बाँटफाँट टुंगो लगाउने कोशिस भइरहेको भन्दै जटिल भए पनि टुंगो लगाउनै नसक्ने अवस्था नरहेको बताएका छन् । उनले सिट बाँडफाँट गर्दा सबैको ‘विन-विन सिचुएसन’ हुने गरी गरिने बताए । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनमा सिट भागबण्डाको गृहकार्य भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP