मंगलबार , अषोज २७, २०८३

क्लेरमोन्ट । अमेरिकाको फ्लोरिडा निवासी एक महिला आफ्नो लामो केशको कारण गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी छन् ।

विश्वकै सबैभन्दा लामो कपाल भएकी ६० वर्षीया आसा मन्डेलाको केशको लम्बाइ अहिले ११० फिट पुगेको छ । उनले सन् २००९ मा पहिलो पटक यसै विधामा गिनिज उपाधि जितेकी थिइन् । त्यतिबेला उनको केश १९ फिट ६ दशमलव ५ इन्च लामो थियो । क्लेरमोन्ट निवासी मन्डेलाले ४० वर्ष भन्दा लामो समय अघि ट्रिनिडाड एन्ड टोवागोबाट अमेरिका आएदेखि आफूले केश पाल्न सुरु गरेको जानकारी दिएकी छन् ।

उनले आफ्नो केशबारे रोचक कुरा यसरी बताउँछिन्, ‘मलाई केशलाई फुकाउनै नसकिने र कोर्नै नसक्ने गरी ड्रेडलक बनाउन मन पर्दैन । मैले आफ्नो केशलाई आफूलाई मनपर्ने तरिकाले चुल्ठो बनाउँछु । केश भुँइमा नलत्रियोेस् भन्ने हेतुले त्यसलाई एउटा कपडामा पोको पारी झुण्ड्याएर हिँड्छु । बेलुका सुत्दाखेरी यसलाई सानो बोरामा बाँधेर सँगै राखेर सुम्सुम्याउँदै कुरा गर्ने गर्छु । मेरो केशलाई निरन्तर लम्ब्याउने योजना छ ।’

पेशाले चुल्ठो सजाउने विशेषज्ञ तथा केन्याको नैरोबीबाट आएका मन्डेलाका पति इमान्युअल चेगेले प्रत्येक साता घण्टौं लगाएर उनको केशको स्याहार गर्दै आएका छन् ।

साताको एकचोटि उनको केश धोइदिने चेगेकाअनुसार त्यस कामका लागि छ बोटल स्याम्पु चाहिने तथा केश पूणर् रूपमा सुक्न दुई दिन लाग्ने गरेको छ । साथै मन्डेलाले जिन्दगीभरि आफूले केश नकाट्ने पनि बताएकी छन् । युपीआईबाट

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 243 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP