मंगलबार , अषोज २७, २०८३

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिन आगामी नोभेम्बरमा आयोजना हुने ग्रुप अफ २० (जी२०) को शिखर बैठकमा भाग लिने योजना बनाएको इन्डोनेसियाका राष्ट्रपति जोको विदोदोले बताएका छन् ।

जोकोवीको उपनामले समेत चिनिने विदोदोले ब्लूमबर्ग न्युजलाई अन्तर्वार्ता दिँदै भनेका छन्, ‘त्यस बैठकमा सी जिनपिङ आउने पक्का छ । राष्ट्रपति पुटिनले पनि मलाई आफूले पनि सहभागिता जनाउने बताएका छन् ।’ विश्वकै दुई शक्तिशाली नेताले यस शिखर बैठकमा भाग लिने यो पहिलो ‘कन्फर्मेसन’ हो । साथै रुसले युक्रेनमा आक्रमण गरेपछि र चीनको ताइवानसँग तनाव चर्किएपछिको यो पहिलो अन्तर्राष्ट्रिय शिखर सम्मेलन हुनेछ ।

यसैबीच सन् २०२० मा कोभिड १९ महामारीको कारण मुलुकका सिमानाहरू बन्द गरेयता सीले पहिलोचोटि यस बैठकमा भाग लिन मुलुक छाड्नेछन् । उनले गत १ जुलाई हङकङ चीनलाई हस्तान्तरण गरिएको २५ औँ वर्षगाँठ मनाउन एक पटक मात्र मुख्य भूमि छाडेका थिए ।

जी२० बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेनको पनि सहभागिता रहने अपेक्षा गरिएको छ । तर, त्यसबेला बाइडेन र पुटिनको भेटघाट हुनसक्ने कुरा स्पष्ट भइसकेको छैन । विभिन्न सञ्चार माध्यमकाअनुसार उक्त बैठकको सिलसिलामा वा त्यस भन्दा अघि नै बाइडेन र पुटिनको भेट हुने सम्भावना रहको छ ।

वासिङटन र बेइजिङबीचको सम्बन्ध मानव अधिकार मामिला र व्यापारका विषयलाई लिएर चिसिँदै आइरहेकोमा हालै अमेरिकी प्रतिनिधि सभाकी सभामुख नान्सी पेलोसीले गरेको ताइवानको विवादास्पद भ्रमणको कारण आपसी सम्बन्धमा अझै तनाव थपिएको हो । बीबीसीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 243 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP