शनिबार , भाद्र १३, २०८३

काठमाडौँ । चीनको उत्तरपश्चिमी चिङ्हाई प्रान्तमा आएको बाढीमा परेर कम्तीमा १७ जना स्थानीयको मृत्यु भएको छ । अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँका बिहीबार साँझको सो बाढीबाट अरु १७ जना हराइरहेका छन् ।

ती हराएका व्यक्तिको खोजी भइरहे पनि उनीहरू भेटिने सम्भावना कम रहेको उद्धारकर्मीहरूले जनाएका छन् । स्थानीय समयानुसार बुधबार राति १०.२५ देखि सुरु भएको भीषण वर्षाका कारण ठूलो बाढी आएको र धनजनको क्षति भएको जनाइएको छ ।

धेरै माटो बोकेर आएको बाढीले नदीको बहाव परिवर्तन गरेकाले पनि धेरै क्षति भएको अधिकारीहरूले जनाएका छन् । बाढीबाट ६ गाउँका ६ हजार २ सय ४५ घर प्रभावित भएका छन् । तीमध्ये दुई भवन पूणर् रूपमा र १४ भवन अत्यधिक क्षति भएको छ ।

बाढीका कारण घरमा क्षति भएपछि एक हजार दुई सयभन्दा बढी मानिस विस्थापित भएका छन् । उनीहरूका लागि अत्यावश्यक सहयोग र सामग्रीको व्यवस्था गर्न लागिएको छ । उनीहरूलाई अस्थायी शिविरमा राखिएको छ । सेना प्रहरी र उद्धारकर्मी गरी कम्तीमा चार हजार पाँच सयजना उद्धारका काममा खटिएका छन् । उनीहरूले बिहीबार बिहानदेखि हराएका २० जना व्यक्तिको सकुशल उद्धार गरेको जनाएका छन् ।

यहाँ बुधबार बिहानदेखि अविरल रुपमा वर्षा भएको छ । बाढीमा परेर हराएका व्यक्तिको खोजी भइरहेको उद्धारकर्मीले जनाएका छन् । उनीहरूका अनुसार यहाँका ६ हजारजना भन्दा बढी व्यक्ति विस्थापित हुन पुगेका छन् । उनीहरूलाई विद्यालयहरूमा आश्रय दिएर राखिएको छ ।वर्षा जारी नै रहेकाले थप क्षतिबाट बच्न सुरक्षित रहन भनिएको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP