शुक्रबार , भाद्र १२, २०८३

गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधि सभाबाट दोस्रो पटक बहुमतले पारित नागरिकता ऐन संशोधन विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताएका छन्।

श्री कृष्ण जन्माअष्टमीको अवसरमा काठमाडौंमा आयोजित चैतन्य झाँकी प्रवचन कार्यक्रममा गृहमन्त्री खाणले यस्तो बताएका हुन्।

नागरिकता पाउन नसकेका आमाबाबुका छोराछोरीलाई नागरिकता दिलाउन ल्याइएको विधेयकले राष्ट्रियता बलियो बनाउने उनले बताए।

वि. सं. २०७२ सालमा संविधान बनेपछि कानुन बनाउन नसक्दा नागरिकता पाउन नसकिएका युवाहरूलाई नागरिकता दिने उद्धेश्यसहित विधेयक ल्याइएको उनले बताए।

‘नेपाली नागरिकता भएका बाबुआमाका छोराछोरीलाई नेपाली नागरिकता दिनु पर्ने थियो’, उनले भने, ‘तर, २०७२ सालमा संविधान जारी भएपछि कानुन बनाउन नसकिएकाले नागरिकता दिन सकिएको थिएन। अहिले सरकारले नागरिकता पाउन नसकेका नेपाली बाबुआमाका छोराछोरीलाई नमगरिकता दिन विधेयक अगाडि बढाएको हो।’

विधेयकको पक्षमा सबैले साथ दिनु पर्नेमा निर्वाचन नजिकिएकाले केही दलहरुले नभएका कुरा प्रचार गरेको पनि उनले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP