मंगलबार , असार ३, २०८२

काठमाडौं, १३ साउन । नेकपा माओवादीले १ फागुन २०५२ मा जनयुद्ध सुरु गर्दा शेरबहादुर देउवा प्रधानमन्त्री थिए । देउवा प्रधानमन्त्री हुँदाको माओवादी जनयुद्ध सुरु हुन संयोग हुनसक्छ । तर, उनी प्रधानमन्त्री हुँदा वार्ताको विषय पनि उठे । तर, जब जब देउवा प्रधानमन्त्री भए तब तब माओवादीले शक्ति सञ्चय गर्न सक्यो ।

शान्ति प्रक्रियामा आएपछि माओवादी अध्यक्ष प्रचण्डले अन्य दलका नेताहरुभन्दा सबैभन्दा निकटता प्रचण्डसँग नै बनाए । प्रचण्डको साथ पाएर देउवा चौंथोपटक प्रधानमन्त्री भए ।

देउवा तेस्रोपटक प्रधानमन्त्री भएर तत्कालीन राजा ज्ञानेन्द्र शाहद्वारा हटाइएका थिए । त्यसको १२ वर्षपछि देउवा चौंथोपटक प्रधानमन्त्री हुँदा प्रचण्डको साथ पाए । देउवा र प्रचण्डबीच सुमधुर सम्बन्ध बन्यो । त्यसपछि प्रचण्डलाई प्रधानमन्त्री बन्न देउवाले साथ दिएका थिए ।

देउवा पाचौंपटक प्रधानमन्त्री बन्दा प्रचण्डको साथ पाएका छन् । प्रचण्डले देउवालाई प्रधानमन्त्री बनाउन नेकपा विघटन देखि वामपन्थी एकता नै तोडेको इतिहास छ ।

अहिले प्रचण्ड देउवासँग नै मिलेर चुनावमा जान चाहन्छन् । सम्भवत मंसिरको चुनावमा प्रचण्डको पहिलो रोजाई नै देउवासँगको गठबन्धन छ । उनले सार्वजनिक रुपमा वामपन्थी गठबन्धन या समाजवादी केन्द्र गठनलाई नकारेका छन् । उनले काँग्रेससँगको गठबन्धनमै जोड दिए ।

प्रचण्डले देउवासँग आलोपालो प्रधानमन्त्रीको विषय पनि उठाइसकेका छन् । उनले चुनावपछि आफूलाई प्रधानमन्त्रीको दाबेदारका रुपमा उभ्याएका छन् । यसरी देउवा र प्रचण्डबीचको कनेक्शन महत्वपूर्ण बनेको छ ।

विगतमा प्रचण्डले देउवासँगको गठबन्धनलाई छाडेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हात मिलाए । ओलीसँग उनको आलोपालो प्रधानमन्त्रीको सहमति बनेको थियो । तर, ओलीले प्रधानमन्त्री छाड्न नमानेपछि नेकपा विभाजनको अवस्थासम्म पुग्यो । ओलीले सहमति तोडेको भन्दै प्रचण्ड देउवासँगको भद्र सहमतिका साथ बढ्न थालेका छन् । उनको देउवासँगको कनेक्शन कहाँसम्म कसरी पुग्ने हो ? चासो बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP