शुक्रबार , भाद्र १२, २०८३

अर्थमन्त्री जर्नादन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले सिंहदरबार गेटको सीसीटीभी फुटेज मगाएको छ । आज बसेको समितिको बैठकले सिंहदरबार छिर्ने दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाएको हो ।

समितिका सचिव सुरेन्द्र अर्यालले आज बसेको बैठकले सिंहदरबार छिर्ने दुई वटा गेटको सीसीटीभी फुटेज उपलब्ध गराउन गृह मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको हो । समितिले बजेट भाषणको अघिल्लो दिन जेठ १४ गते रातीदेखि १५ गते बिहानसम्मको फुटेज माग गरेको उनको भनाइ छ ।

अर्थमन्त्री शर्मामाथि बजेट बनाउने क्रममा जेठ १४ गते राती अनधिकृत व्यक्तिलाई संलग्न गराएर करका दर हेरफेर गरेको आरोप लागेको थियो । आरोप लागेसँगै जेठ १४ गते रातीदेखि १५ गते बिहानसम्मको सीसीटीभी फुटेज उपलब्ध गराउन भन्दै अर्थ मन्त्रालयमा सूचनाको हक सम्बन्धी उजुरी परेको थियो ।

तर, उक्त उजुरीको जवाफ दिँदै मन्त्रालयले सीसीटीभी फुटेज मेटिएको जानकारी गराएको थियो । उक्त जवाफसँगै चौतर्फी आलोचना सुरू भएपछि तत्कालीन अर्थमन्त्री शर्माले असार २२ गते राजीनामा दिएका थिए । सोही दिन ११ सदस्यीय विशेष संसदीय छानबिन समिति गठन भएको थियो ।

यसक्रममा समितिले जेठ १४ गते रातीदेखि १५ गते बिहानसम्मको फुटेज उपलब्ध गराउन समितिले अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो । तर, मन्त्रालयले १३ दिनमा सीसीटीभी फुटेज स्वत मेटिने बताउँदै समितिलाई पनि फुटेज उपलब्ध गराएको छैन । बरु मन्त्रालयले समितिलाई असार महिनाको फुटेज उपलब्ध गराएको छ ।

सुरूमा १० कार्यदिन पाएको समितिले प्रतिवेदन तयार पार्न नसकेपछि ७ कार्यदिन थपिएको थियो । सोअनुसार हालसम्म समितिले १३ कार्यदिन पुरा गरिसकेको छ । प्रतिनिधि सभाले दिएको समयअनुसार अब समितिले ४ दिन भित्र प्रतिवेदन तयार पार्नुपर्छ ।

यसअवधिसम्म समितिले तत्कालीन अर्थमन्त्रीसहित मन्त्रालयका सचिवद्वय, राजश्व र भन्सार विभागका महानिर्देशक, महाशाखाका प्रमुख लगायतसँग बयान लिइसकेको छ । यस्तै, पूर्व अर्थसचिव र साइबर ब्यूरोका प्रतिनिधिसँग समेत समितिले छलफल गरेको छ । हालसम्म गरेको अध्ययनका क्रममा अर्थमन्त्री शर्मामाथि लागेको आरोप पुष्टि हुने कुनै प्रमाण भेटिएको छैन ।

बयानका क्रममा अर्थमन्त्रीसहित मन्त्रालय मातहतका सम्पूर्ण पदाधिकारीले जेठ १४ गते राती बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नता नरहेको बताइरहेका छन् । यस्तै, बयान दिएका सबै जनाले आफूहरूमाथि लागेको आरोपलाई पूर्णरुपमा खारेज गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP