मंगलबार , अषोज २७, २०८३

उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाउँदै आइरहेको ओएसिस एजुकेशनले नयाँ ब्राण्ड एम्बेसडर सार्वजनिक गरेको छ । ओएसिसले यसवर्षको मिस नेपाल वल्र्डको ताज जित्न सफल प्रियंका रानी जोशीलाई ब्राण्ड एम्बेसडर घोषणा गरेको हो ।

ओएसिसका संचालक कुशल केसी मिस नेपालको माध्यमबाट ओएसिसका साझेदार शिक्षण संस्थाहरुले उपलब्ध गराउने गुणस्तरीय र किफायती सेवा सुविधाबाट लाभ उठाउन सक्ने धेरै भन्दा धेरै नेपाली विद्यार्थीहरुमा उक्त जानकारी पुर्‍याउन सहयोग मिल्ने विश्वास गर्छन् । केसी भन्छन्,‘हामी प्रियंकालाई ओएसिस परिवारमा स्वागत गर्न उत्साहित छौं, उहाँको कौशलता र उदारताको गुण हाम्रो कार्यशैलीसंग मिल्ने हुनाले हाम्रो यस साझेदारी निकै नै फलदायी हुनेछ ।’

मिस नेपाल प्रियंकाले पनि ओएसिसिसंग जोडिन पाउँदा खुशी व्यक्त गरेकी छन् । पत्रकारिताकी विद्यार्थी तथा बहुयामिक मिस नेपाल वल्र्ड प्रियंका आफूले सानो उमेरमै प्राप्त गरेका थुप्रै उपलब्धीको प्रमुख कारण स्तरीय शिक्षा नै मान्छन् । तसर्थ प्रियंका भन्छिन्, ‘सन् २०१२ देखि नै विद्यार्थीहरुलाई उत्तम शैक्षिक परामर्श तथा भिसा प्रोसिसड गर्न सहयोग गर्दै आएको यस कम्पनीसंग आवद्ध हुन पाउँदा निकै उत्साहित छुु ।’

ओएसिस र मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरको लामो समयको सम्बन्ध रहेको छ । यसअघि पनि ओएसिसको ब्राण्ड एम्बेसडरको रुपमा मिस नेपाल वल्र्ड २०१८ श्रीखंला खतिवडा रहेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP