मंगलबार , बैसाख २९, २०८३

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका लुम्बिनी प्रदेश इन्चार्ज तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले फागुन १ गतेको बुटवलको सभाले राष्ट्रलाई दिशा निर्देश गर्ने बताएका छन् ।

पार्टीको प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पोखरेलले बुटवलको सभाले जनताको समर्थन र जनताको अपेक्षा के छ भन्ने राष्ट्रलाई सुनाउन र देखाउन चाहेको बताए । उनले बुटवलको आमसभा अहिले सम्मकै सभाहरुमा ऐतिहासिक हुने दाबी समेत गरे।

पोखरेलले प्रधानमन्त्रीलाई कम्जोर पार्ने षडयन्त्र गरेकाले जनतामा जान परेको बताउँदै प्रतिनिधि सभा विघटन विवादको विषय नभई विबादको परिणाम भएको उल्लेख गरे। उनले पार्टी भित्रको आन्तरिक समिकरणको बहानामा प्रचण्ड र माधव नेपालले पार्टी एकताको भावनालाई चोट पुर्‍याएकाले प्रधानन्त्री संसद विघटनको जानु परेको भन्दै प्रधानमन्त्रीको बचाउ गरे । ‘जनताको समर्थन र जनताको अपेक्षा के छ भन्ने बारे बुटवलको माध्यमबाट राष्ट्रलाई सुनाउन चाहान्छौं, देखाउन चाहान्छौ’ उनले भने ‘जनपरिचालन कस्तो हुन्छ। जनपरिचालन कस्तो हुँदो रहेछ त्यो पनि बुटवलमा देखिन्छ।’ बुटवलको सिद्देश्वर मैदानमा हुने सभामा रुपन्देहीका एक लाख र रुपन्देही बाहेकका अरु जिल्लाबाट एकलाख गरि २ लाख जनता उतार्ने पोखरेलले दाबी गरे।

सभाकै दिन पुर्व जनमुक्ति सेनाका ठूलो संख्यामा पूर्व लडाकुहरु पार्टीमा समाहित हुने जानकारी गराउंदै मुख्यमन्त्री पोखरेलले तत्कालिन माओबादी अध्यक्ष प्रचण्डले पूर्व लडाकुहरुको बेवास्ता गरेकाले उनीहरु ओली नेतृत्वको पार्टीमा उभिन तयार भएको खुलासा गरे । उनले जनमुक्तिसेनाका योद्धाहरुलाई सम्मान गर्ने, प्रमाणपत्र दिने र शान्ति प्रक्रियालाई योजनाबद्धरुपमा पुरा गर्ने बाटोमा ओली नेतृत्वको सरकार अगाडी बढेको बताए । उनले अहिलेको परिवर्तनमा शसस्त्र संघर्षकोपनि योगदान रहेको उल्लेख गर्दै शान्तिपूर्ण आन्दोलन र शसस्त्र संघर्षको जगमा १९ दिने आन्दोलन सफल भएको बताए ।

प्रधानमन्त्रीलाई असफल पार्ने खेल गलत थियो भन्ने कुरा स्थापित गर्न चुनावमा जान आवश्यक परेको हो ।’ पोखरेलले भने ‘ प्रतिनिधि सभा विघटन परिस्थीतिको बाध्यताको रुपमा रहयो।’ उनले अहिलेको राजनीतिक संकटलाई चुनावबाट हल गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP