शुक्रबार , भाद्र १२, २०८३

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका छन् ।

स्व.नेता गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रमलाई आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गठबन्धन दलहरुबीच देखिने राजनीतिक समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका हुन् ।

नेपाल ट्रेड युनियन कांग्रेसले गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाभन्दा अगाडि बोलेका कांग्रेस उपाध्यक्ष धनराज गुरुङले गठबन्धन सरकारमा समस्या आएको भन्दै आगामी चुनावसम्म पनि गठबन्धन कायम राख्नुपर्ने बताएका थिए ।

गुरुङको सोही भनाइमा कांग्रेस सभापति देउवाले भने, ‘धनराजजीहरुले पनि भन्नुभयो, गठबन्धनमा समस्या आयो । एउटै पार्टीमा त समस्या हुन्छ भने कुर्सीमा त समस्या हुन्छ नै यसलाई सामान्य रुपमा लिनुपर्छ । तपाईंहरु प्रधानमन्त्री भएपछि थाहा पाउनुहुन्छ ।’ एउटै पार्टीमा पनि समस्या हुने गरेको भन्दै देउवाले गठबन्धन सरकारमा समस्या हुनु सामान्य भएको बताए ।

तत्कालीन कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाले दलहरुबीच सहकार्य र सहमति गरेर अघि बढ्नुपर्ने कुरा बारम्बार भन्ने गरेको स्मरण गर्दै देउवाले सहमति र सहकार्यको कुरा अहिले पनि सान्दर्भिक रहेको बताए ।

मोरङको विराटनगरमा रहेको भवनलाई स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउने कुरा स्वागतयोग्य रहेको भन्दै प्रधानमन्त्री देउवाले त्यो काममा सरकारले सहयोग गर्ने वचन पनि दिए ।

प्रधानमन्त्री देउवाले भने, ‘मोरङ, विराटनगरमा एउटा उहाँको (गिरिजाप्रसाद कोइरालाको) भवन छ त्यसलाई उहाँकै नाममा बनाउने कुरा छ । यो राम्रो हो, खुशीको कुरा हो । नेपालमा उहाँले आन्दोलन गरेको ठाउँमा भवन छ भने बनाउनु के आपत्तिको कुरा भयो र ? हामी यसमा सहयोग र पहल गर्ने नै छौं ।’

प्रधानमन्त्री देउवाले नेपाल ट्रेड युनियन कांग्रेसको कार्यालयमा ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष स्व. नेता गिरिजाप्रसाद कोइरालाको अर्धकदको शालिक अनावरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP