मंगलबार , अषोज २७, २०८३

नेकपा माओवादी केन्द्रले चुनाव नगरी पदाधिकारी स्थायी र पोलिटव्युरो चयन गर्ने भएको छ।

आकांक्षी धेरै भएपछि चुनावमा जानुपर्ने माग उठेपनि चुनाव नगर्ने सहमति बनेको हो।

मंगलबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको कार्यालयको विस्तारित बैठकले निर्वाचन नगरी सहमतीय आधारमा नाम चयन गर्ने समझदारी बनाएको हो।

एउटै एजेण्डामा विहान ९ बजेदेखि पौने एक बजेसम्म बसेको बैठकमा पदाधिकारी चयनका लागि चुनाव नगर्ने समझदारी बनाएको एक नेताले बताए।

‘आज विहानदेखि बसेको बैठकमा पदाधिकारी चयनकै विषयमा केन्द्रीत भएर छलफल भयो,’ ती नेताले नेपालखबरसँग भने, ‘पदाधिकारी चयनका लागि चुनावमा जान दिनुहुन्न भन्ने अध्यक्षको कुरामा सबैको सहमति रह्यो।’

अध्यक्ष प्रचण्डले सुरुमा पदाधिकारीदेखि स्थायी र पोलिटब्युरो चयनका विषयमा धारणा मागेका थिए।

त्यसपछि कार्यालयका सदस्यहरुले सुझावसहित आफ्नो दाबी पेश गरेका थिए।

‘भोलि पदाधिकारी चयन हुन्छ, केन्द्रीय समिति बैठकमा अध्यक्षले पेश गर्नुहुन्छ, आजको बैठकले अध्यक्षलाई सुझाव सहित नाम प्रस्तावगर्ने अधिकार दिएको छ,’ ती नेताले भने।

बैठकमा जनार्दन शर्मा, मात्रिका यादव, वर्षमान पुनले पदाधिकारीमा इच्छा रहेको बताएका थिए। शर्मा र पुनको दाबी महासचिवमा छ भने यादवले वरिष्ठ उपाध्यक्ष दाबी गरेका छन्।

नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्षका स्वाभाविक दाबेदार हुन्। श्रेष्ठसँग अन्तर्विरोध राख्दै आएका यादवले आफूलाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्ने दाबी अघि सारेका हुन्।

‘प्रभाकरजी र मात्रिका जीले आफ्नो दाबी रहेको बताउनुभयो, अनन्त जीले ठ्याक्कै भन्नुभएन तर, पार्टीले आफूलाई देखेको अवस्थामा बन्न तयार छु भन्नुभयो,’ ती नेताले थपे, ‘पार्टीले महसुस गरेर मैले पाए पनि ठीक छ, अरु साथी भएपनि केही छैन भन्नुभयो।’

माओवादीमा एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहनेगरी पदाधिकारी रहने व्यवस्था छ।
स्रोतका अनुसार आकांक्षी धेरै भएपछि उपाध्यक्षको संख्या बढाउन सक्ने संभावना पनि छ।

‘सबैलाई मिलाएर लैजानुपर्‍यो, आकांक्षी धेरै हुँदा व्यवस्थापन गर्नुपर्‍यो।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP