मंगलबार , बैसाख २९, २०८३

 मेलबर्न अष्ट्रेलिया । इकोनोमिस्टको वार्षिक प्रतिवेदनका अनुसार अष्ट्रियाको राजधानी भियनाले विश्वको सबैभन्दा बस्न योग्य सहरको रूपमा पुनरागमन गरेको छ।

भियनाले न्यूजील्याण्डको शहर अकल्याण्डबाट शीर्ष स्थान खोसेको छ। बिहीबार प्रकाशित इकोनोमिस्ट इन्टेलिजेन्स इकाईको रिपोर्ट अनुसार कोरोनाभाइरसको महामारीका कारण लगाइएका प्रतिबन्धको कारण अकल्याण्ड ३४औं स्थानमा झरेको छ।

‘भियना, जुन २०२१ को सुरुमा हाम्रो र्याङ्किङमा १२ औं स्थानमा झरेको थियो किनभने यसका संग्रहालयहरू र रेस्टुरेन्टहरू बन्द भएका थिए। त्यसपछि २०१८ र २०१९ मा भएको स्थानमा पुनस् फर्किएको छ।’ द इकोनोमिक्स्टको रिपोर्टमा भनिएको छ।

त्यसैगरी, मेलबर्न अष्ट्रेलियाको सबैभन्दा बस्न योग्य शहरको पहिलो स्थानमा परेछ। तर, अष्ट्रेलियाका शहरहरूको तह भने खस्किएको छ।

द इकोनोमिक्स्टको रिपोर्टको १०औं स्थानमा परेको मेलबर्न अष्ट्रेलियाका शहरहरूमध्ये पहिलो स्थानमा पर्न सफल भयो। त्यस्तै, गत वर्ष दोश्रो स्थानमा परेको एडिलेड उत्कृष्ट १० भित्रै पर्न असफल भएको छ।

द इकोनोमिक्स्टको रिपोर्ट अनुसार ब्रिसबेन, एडिलेड र पर्थ यस वर्षको रिपोर्टमा क्रमशः २७, ३० र ३२औं स्थानमा परेका छन्। गत वर्ष यी सबै शहरहरू उत्कृष्ट १० भित्र परेका थिए ।

रूसले आक्रमण गरेर अस्तव्यस्त भएको युक्रेनको राजधानी किएभलाइ भने यस वर्षको रिपोर्टमा संलग्न गरिएको थिएन।

यी हुन् विश्वका उत्कृष्ट १० बस्न योग्य शहरहरू
१. भियना (अष्ट्रिया)
२. केपेनहेगन (डेनमार्क)
३. जुरिच (स्विटजरल्याण्ड)
४. क्यालगरी (क्यानडा)
५. भ्यानकुभर (क्यानडा)
६. जेनेभा (स्वीटजरल्याण्ड)
७. फ्र्यांकफर्ट (जर्मनी)
८. टोरन्टो (क्यानडा)
९. एम्स्टारडम (नेदरल्याण्ड)
१०. ओसाका (जापान) र मेलबर्न (अष्ट्रेलिया)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP