बिर्सने समस्या अथवा डिमेन्सिया पिडितहरुको लागि हेरचाह गर्ने संस्था DEMENTIA AUSTRALIA को सहयोगार्थ अष्ट्रेलियाब्यापी सन्चालन गरिएको MEMORY WALK AND JOG डार्विनमा पहिलोपटक १९ जुन २०२२ आईतबार सम्पन्न भयो। ३०० जना भन्दा बढी सहभागिहरुले भाग लिएको उक्त दौड East point मा सन्चालन गरिएको थियो। कार्यक्रम स्थलमा Memory walk and Jog अंकित बिभिन्न सामाग्रीहरु पनि बिक्रिमा राखिएको थियो।

सहभागी हरुले आफ्नो नाम दर्ता गरेपछि सहयोग संकलनको लागि कोष खडा गर्न सकिन्छ र सामाजिक संजालमा आफ्नो साथीहरुलाई आह्वान गरि रकम सॉकलन गर्न सकिन्छ। श्रोतको अनुसार अष्ट्रेलियामा ४७२०० जनालाई डिमेन्सिया भएको अनुमान छ र करीब १६ लाख उनीहरुको हेरचाह र सुसारमा लागेको छन् ।

Darwin memory walk and Jog बाट ४५००० डलर संकलन गर्ने लक्ष्य राखिएकोमा आईतबार कार्यक्रम हुने दिन सम्ममा ३४७१४ डलर संकलन भैसकेको थियो।अष्ट्रेलिया देशब्यापी लक्ष्य १७००००० डलर राखिएकोमा हालसम्मा १५०८६९० डलर संकलन भैसकेको छ। सहभागी हरुको रकम संकलन कोष अझै केहिदिन सम्ममा सहयोग अपिल खुलानै रहनेछ।

आफ्नो परिवार र आफन्तजनमा डिमेन्सिया समस्या भएका सहभागीहरुले बिशेष गरि कोष संकलनमा जोड दिएको पाईयो । अधिकांशले आफुले कस्को लागि यो दौडमा सहभागि भएको हो उक्त ब्यक्तीको नाम लेखिएको स्टीकर टॉसेर सहभागि भएका थिए।

आयोजकबाट हिजोको मिति सम्म सबभन्दा बढी कोष संकलन गर्नेहरुलाई बिभिन्न प्रायोजकहरुबाट प्रप्त उपहारहरु पनि बितरण गरियो। १०० डलर भन्दा बढी कोष जम्मा गर्नेलाई Bronze Dementia Warrior, ५०० डलर बढी जम्मा गर्नेलाई Silver Dementia Warrior, १००० डलर भन्दा माथीलाई Gold Dementia Warrior र २५०० भन्दा माथी कोष संकलन गर्नेलाई Platinum Dementia Warrior को रुपमा पुरस्कृत गरिएको थियो।

नेपाली समुदाय बाट चन्द्रप्रकाश गुरुङ्ग एकमात्र सहभागि थिए । गुरुगंले आफ्नो सासुआमा सीतादेवी गुरुगं करीब ५ बर्ष भन्दा बढी डिमिन्सियाले पिडित भएको र आमा चीज कुमारी गुरुगं लाई पनि गतबर्ष देखि बिस्तारै डिम्न्सिया देखिन थालेकेको उहॉहरुको लागि दौडमा भागलिएको बताए। १०किमि खुला दौड तर्फबाट गुरुङ्ग तेश्रो समेत भएका थिए।

आयोजकबाट आगमी बर्ष मा पनि डार्विनमा MEMORY WALK AND JOG लाई निरन्तरता दिने बताईएको छ। डिमिन्सिया समस्या सम्भवत प्राय सबैको परिवारले भोगिरह्के समस्या हुनसक्छ र यसप्रकारको कार्यक्रमहरुबाट भबिष्यमा ग्रसित हरुको पीडा कमहुने बिश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

तीजमा झुमे नाचे डार्बिनबासी, मज्जाले नचाए कलाकार खुमन अधिकारीले।

नरेशमाथि ममताको हत्या गरी लास घरबाहिर लगेको आरोप

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २९ गते शनिवार: श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ आश्विन ०३ गते बिहीवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ०५ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

अष्ट्रेलियामा दसैंको टीका असोज २७ गते(अक्टोबर १३) लगाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको निर्णय


TOP