शुक्रबार , भाद्र १२, २०८३

चन्द्र प्रकाश गुरुङ्ग / डर्विन 

डार्विन भलिबल एसोसिएशन द्वारा संचालित २०२२ को पहिलो सिजनको बिभिन्न लिग खेलहरुको फाईनल बिहिबार सम्पन्न भएको छ। केहि बर्ष सुस्ताएको भलिबल फेरि यस बर्षबाट चर्चामा आउन थालेको छ। सन २०२२ को पहिलो सिजनमा ३ छुट्टा छुट्टै लिगहरु संचालन गरिएको थियो।

हरेक मंगलवार सॉझ खेलिने महिला तथा पुरुष लिग सिजनको सबभन्दा महत्वपूर्ण प्रतियोगिता मानिन्छ । गत बुधवार जुन १५ तारिख मा सम्पन्न फाईनलमा पुरुष तर्फ Vypers ले Vypers 2 लाई पराजित गरि प्रथम हुन सफल भयो भने Vypers 2 ले दोश्रो स्थानम हासिल गरेको थियो। तेश्रो स्थानकोलागि CDU भलिबल क्लब र parovparov बीच भएको खेलमा parovparov ले जित हॉसिल गर्यो।

पुरुष लिग तर्फ नेपाली टिम ३ वटा र नेपाली खेलाडी मिश्रीत २ टिम गरि जम्मा १० टिमहरु सहभागि थिए। नेपालीको तर्फबाट CDU भलिबल क्लब मात्र सेमीफाईनमा प्रवेश हुन सफल भएपनि कुनै उपाधी जीत्न भने सकेन। त्यसैगरि महिला तर्फ नेपाली एक टीम सहित ६ टिम लिगमा सहभागि थिए। महिला तर्फ Beastmode, Spicygorls र Islanders क्रमश पहिलो दोश्रो र तेश्रो भएका थिय।

१९ बर्ष मुनीका खेलाडीहरुको लागि यसपटक बाट नयॉ प्रतियोगिता राखिएको थियो। जसमा ८ टिमहरुले भाग लिएका थिए। बुधवार १६ जुनमा सम्पन्न फाईनल खेलमा NOTHING BUT NET प्रथम, Sistagorls दो़श्रो र How I set your mother तेश्रो हुन पुगे।

Social Mixed तर्फ १३ टिम सहभागि थियो जसमा नेपाली खेलाडिहरु समेत रहेको २ टिमले भाग लिएका थिए। बिहिबार भएको फाईनलमा Spiked Punch पहिलो, Ravens दोश्रो र Wannabes ले तेश्रो स्थान हासिल गरेका थिए।


बिजय खेलाडि हरुलाई टूर्नामेंट डाइरेक्टर लुक जेट्टर र मुख्य रेफ्री चन्द्र प्रकाश गुरुङ्गले पदक बितरण गरेका थिए।

अब अर्को सिजन केहि हप्ता पछिको स्कुल होलिडे पछि सुरु हुने जानकारी डार्विन भलिबल एशोसियसनले दिएको छ ।

बिगत केहि बर्षहरुमा डार्विन मा भलिबल गतिबिधि केहि सुस्ताएको थियो र प्राय जुनियर र सोसल मीक्स खेलहरु मात्रै हुने गर्दथ्यो। गतबर्ष नेपालीहरुले पहिलो नेपाली भलिबल कप र पहिलो मल्टी कल्चरल कप आयोजना गरेपछि भलिबल को प्रचार प्रसार र चर्चा बढ्न थालेकोले लिग खेलहरुमा सहभागिता बढेको देखिन्छ ।

समाचार संकलक उक्त खेलका मुख्य रेफ्री समेत रहेका थिए। 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP