चन्द्र प्रकाश गुरुङ्ग/डार्विन

बिगतका केहि बर्षहरुमा संसारभरि कोरोना कहरले बिभिन्न कार्यक्रमहरु स्थगित हुन पुग्यो तर डार्विनमा भने प्रायजसो नियमित कार्यक्रमहरु निश्चित नियमको पालना गर्दै सुचारु रुपले सन्चालन भईरहेकै थियो, त्यसमध्ये NTCITY2SURF ले पनि हरेक बर्ष निरन्तरता पाइरहेकै छ।

यहॉ हुने खेलकुद क्षेत्रको एक महत्वपूर्ण प्रतियोगिता मानिने दौड NTCITY2SURF 2022 यही आउदो जुन महिनको २५ तारिख शनिवार र २६ तारिख आईतबार हुने भएको छ, जुन NTCITY2SURF को ४९औ श्रृखला हो। यस दौड प्रतियोगिताको तीन नियमित वटा बिधाहरु हुने गर्दथ्यो भने यसपटक आयोजकले कार्यक्रमलाई दुईदिन मा सम्पन्न गराउने गरि केहि थप बिधाहरु राखेका छन् जसमा साईकल प्रतियोगिता पनि परेको छ।

नियमित तर्फको मुख्य दौड १२ किमि दुरीको हुने गर्दछ।डार्विन शहरको मुख्य बजारको अन्तिम सडक Esplanade बाट सुरु भई अर्को चर्चित क्षेत्र Nightcliff  मा रहेको Nightcliff pool मा पुरा हुनेछ । दोस्रो प्रतियोगितालाई MINISUFER नामाकरण गरिएको छ जुन ४ कि मि मात्रै हुनेछ। बालबालिका र उमेर धेरै पुगेसकेकाहरुलाई लक्षित गरि राखिको यो दौड बिशेषगरि मनोरंजनका लागि आयोजित छ र उक्त दौड Nightcliff Pool बाट सुरु भई त्यही अन्त हुन्छ। त्यसैगरि अर्को छ स-सानो बच्चाहरुको लागि १.१९५ किमि दुरीको MARATHON4KIDS. पहिलो दुईवटा दौडहरु पुरा भैसकेपछि बच्चाहरुको दौड हुनेगर्दछ।

NTCITY2SURF मा भागलिन अष्ट्रेलियाको बिभिन्न क्षेत्रबाट र अन्य देशबाट पनि पेशेवर धावकहरु आउने गर्दछन्, तर कोरोनाले गर्दा बिगतका बर्षहरुमा बाहिरबाट त्यति धेरै धावकहरु आउन सकेका थियनन।  यध्यपी सहभागीहरुको संख्या भने उल्लेखनीय थियो भने अष्ट्रेलियाको शर्वश्रेष्ठ म्याराथन धावक मिलि क्लार्क (MILLY CLARK ) पनि गतबर्ष NTCITY2SURF 2021 सहभागि भएकि थिईन।
यसपटक भने कोरोना समस्या साम्य भएको अवस्था रहेकोले अष्ट्रेलियाको अन्य ठॉउबाट पनि सहभागीहरु ठुलो संख्यामा आउने अनुमान गरिएको छ।

नेपालि समुदायको तर्फबाट सन २०१५ मा चन्द्रप्रकाश गुरुङ्गले पहिलो पटक भाग लिएका थिए। त्यसपछि बिस्तरै हरेक बर्ष २/४ जना थपिदै जॉदा सहभागिहरुको संख्या बढ्न थाल्यो। सन २०२० मा पहिलोपटक  गुरुङ्गको संयोजकत्वमा Team Nepal गठन गरियो र करीब २५ जनाले भागलिए। त्यस अघि उक्त कार्यक्रममा त्यतीधेरै नेपालीहरु कहिल्यै सहभागि थिएनन्। त्यस पछि २०२१ मा करीब ३० जना नेपाली धावकहरुले NTCITY2SURF मा भाग लिए।

भर्खरै NEPAL FESTIVAL सम्पन्न भएकोले यसपटकको लागि भर्खर नाम दर्ता गर्ने क्रम सुरु भैरहेको संयोजक गुरुङ्ग बताउछन्। उनका अनुसार हालसम्म Team Nepal बाट करीब १० जनाको नाम दर्ता भैसकेको र कार्यक्रम हुने दिनसम्ममा अघिल्लो बर्षहरुकै हाराहारीमा नेपाली धावकहरुको संख्या पुग्ने अनुमान गरिन्छ ।

सहभागि हरुलाई हौसला प्रदान गर्न यहॉ स्थित नेपाली संघ संस्था NANT र NRNA NCC NT ले बिगतमा दर्ता शुल्क र भेष्ट आदि सहयोग गर्दै आएको छ। यसपटक भने पनि दुवै संस्थाका प्रमुखहरुले समय अभावका कारण सिंग्लेट तयार गर्न नसकिने बताए। तैपनि सहभागिहरुको मनोबल बढाउन २६ तारिख आईतबार सॉझ स्थानिय नाईटक्लिफ स्थित Sunset Park मा हुने BBQ मा आमन्त्रण गरिने र सोही BBQ मा बिशेष सम्मान गरिनेछ। NRNA NT प्रमुख बिष्णु चापागाई र NANT का निबर्तमान र बर्तमान अध्यक्ष युवाराज पन्त र आशिष कट्टेलले संयुक्त रुपमा भर्खरै मात्र नेपाल फेष्टिभल जस्तो ठुलो महोत्सव गर्नु परेकोले यसपटक समयमै TEAM NEPAL लाई NTCITY2SURF मा सहभागी गराउन बिशेष तयारी गर्न समय नपुगेकोमा दुख ब्यक्त गरेकाछन। अब बॉकि रहेको समयमा के कसरी सहभागि हरुलाई हौसला प्रदान गर्न सकिन्छ त्यसबारे छलफल भइरहेको पनि जानकारी दिए।

मुल आयोजकबाट बिभिन्न बिधामा बिजेताहरुलाई पुरस्कृत गर्नुको साथै सम्मपुर्ण सहभागिहरुलाई दौड पुरा गरेबापत FINISHER MEDAL प्रदान गरिनेछ। यो पदक अष्ट्रेलियाको स्थानिय काठबाट बनाईएको बिशेष खाल्को हुनेछ।

हावापानि र मौषमको हिसाबले जुन महिना डार्विनको लागि उत्तमा समय हो। बिगतका बर्षहरु भन्दा यसपटक अवश्यपनि सहभागी हरु हजारौले बढ्नेछन र त्यो भीडमा चन्द्र सुर्य झण्डा अंकीत भेष्टमा नेपालीहरु धावकहरु बिशेष देखिने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

तीजमा झुमे नाचे डार्बिनबासी, मज्जाले नचाए कलाकार खुमन अधिकारीले।

नरेशमाथि ममताको हत्या गरी लास घरबाहिर लगेको आरोप

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २९ गते शनिवार: श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ आश्विन ०३ गते बिहीवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ०५ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

अष्ट्रेलियामा दसैंको टीका असोज २७ गते(अक्टोबर १३) लगाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको निर्णय


TOP