सोमबार , अषोज २६, २०८३

सबिन बराल /डार्बिन । अस्ट्रेलियाको टप इन्ड डार्बिनमा जुन ४ शनिवारका दिन नेपाल फेष्टिभल २०२२  सम्पन्न भएको छ ।

गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, नर्दन टेरिटोरी राज्य संयोजन समितिको आयोजनामा नेप्लीज एशोसिएसन अफ नर्दन टेरेटोरी, नेप्लीज कम्युनिटी एलिस स्प्रींग, डार्विन हर्टस फुटबल क्लब लगाएत अन्य बिभीन्न सँघसंस्थाको सहकार्यमा डार्बिन शहरको प्रमुख पर्यटकिय क्षेत्र वाटर फन्टमा जुन ४ शनिवारका दिन नेपाललाई झल्को दिलाउने नेपाल फेस्टीभल भएको थियो।

एन आर एन ए उपाध्यक्ष एवं राज्य संयोजकबिष्णु चापागाईंका अनुसार महोत्सबमा नेपाली धरहराको प्रतिमूर्ति, नेपाल हाउस, नेपाली चिया चाख्ने प्रतिस्पर्धा, बालबालिकाको लागि विभिन्न गतिविधि, नेपालीपन झल्किने ढुंगेधारा, नेपाली खानाका विभिन्न स्टलहरु रहेका थिए भने नेपाल हाउसमा राखिएको नेपाली जाँतो, मोही पार्ने मदानी, आगो बालेर पकाउने नेपाली चुलो, नेपाली अन्य घरायसी सामगीहरु महत्सवको मुख्य आकर्षणको रुपमा  प्रयोग सहित प्रदर्शनमा सबैको आँखा गएको थियो । महोत्सबमा करिब १० हजार जना भन्दा बढीको  सहभागीता थियो ।

 

 

कार्यक्रममा स्थानिय कलाकारहरुले गायन, नृत्य र पूर्व मेची देखि महाकली र हिमाल तराई सम्मका कला सँस्कृति र भोषभुशा झल्कने कल्चरल परेड पनि प्रस्तुत गरेका थियो भने अन्त्यमा रोबिन तामांग को ब्याण्डले स्टेज तताएको थियो।

बिभिन्न स्टेट बाट NRNA प्रतिनिधि संगै NRNA अस्ट्रेलियाका प्रेसिडेन्ट नन्दु गुरुङ्गको पनि सहभागिता रहेको थियो।
उपाध्यक्ष एवं नेपाल फेस्टिवलका कोडीनेटर संजिव ढकाल गोर्खालीका आनुसार नेपालीको signature प्रोग्राम निकै भव्यताको साथ सोचेको भन्दा निकै राम्रो भयको र उपस्थित सम्पूर्णलाइ धेरै धेरै धन्यबाद दिनु भएको थियो।

 

तस्विर हेर्न यो लिंक क्लिक गर्नुहोस >>>>SOURCE CATCH SMILE

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP