मंगलबार , बैसाख २९, २०८३

भार्सेली थाप्ले सम्पर्क समाज बुटवल रुपन्देहीले गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ८ स्थित भार्से त्रिवेणीमा आगलागी प्रभावितलाई राहत वितरण गरेको छ । समाजले सत्यवती–८ निवासी आगलागी प्रभावित नावेद रानालाई नगद, खाद्यान्न लगायत अत्यावश्यक सामग्री हस्तान्तरण गरेको हो । गत जेठ ४ गते रानाको घर आगलागीबाट घर पूर्ण रुपमा क्षति भएको थियो ।

समाजका निवर्तमान उपाध्यक्ष खेमकाला थापा, सि.ए. प्रेम भुर्तेल र युवा व्यवसायी विनय गैरे तथा सत्यवती गाउँपालिका–८ का वडाअध्यक्ष प्रमुख आतिथ्यतामा राहत वितरण गरिएको समाजले जनाएको छ ।

देश तथा विदेशमा रहेका दाताहरुसँग नगद तथा जिन्सी संकलन गरी समाजका सल्लाहकार तथा आर्थिक संयोजक सुन्दर गलामीको संयोजकत्वमा राहत वितरण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP