शुक्रबार , भाद्र १२, २०८३

एमाले अध्यक्ष केपी शर्माको हवाला दिँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफर दिइएको खबरले राजनीतिक माहौल फेरि तातेको छ ।

स्थानीय तहको निर्वाचनमा भएको पराजयलाई अहिलेसम्म स्वीकार्न नसकेको एमाले नेतृत्वले बजेट भाषणलगत्तै अन्य दलका नेतालाई प्रधानमन्त्रीको अफर दिनु आफैँमा अचम्मको विषय बनेको खुमलटार र कोटेश्वर निकट स्रोतले बताएको छ ।

स्थानीय तहको निर्वाचनमा दुई तिहाई पालिकामा विजयी हुने र आगामी प्रदेश तथा संसदीय निर्वाचनमा स्पष्ट बहुमत ल्याउने उद्घोष गर्दै आउनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली र उहाँका अति विश्वासपात्रहरु यसबीच उग्र भाषण गर्न केही हच्किनुभएको छ ।

भलै गत बिहीबार संसद बैठकमा ओलीले तीन घण्टासम्म आफू र आफ्नो दलबाहेक अरुलाई छारष्ट गर्न बाँकी राख्नुभएन ।

नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत पाँच दलबीच भएको चुनावी तालमेलका कारण एमालेले विगतको तुलनामा झण्डै एक सय पालिकाको नेतृत्व गुमाएको छ ।

हिजो चुनावी उद्देश्यले ओतप्रोत बजेट सार्वजनिक गरिएको छ । आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनले पुनः तालमेल गरेर चुनाव लड्ने भएपछि एमाले अध्यक्ष ओली र नेतृत्वले फुटाऊ र राज गरको सिद्धान्त अंगाल्दै प्रचण्ड र नेपाललाई प्रधानमन्त्रीको अफर गरेको अनुमान केहीले लगाएका छन् ।

शनिवारको संसद बैठकमा स्वयम् माओवादी अध्यक्ष दाहालले अध्यक्ष ओलीलाई स्पष्ट भाषामा पुनः प्रधानमन्त्री बनेर देखाउन खुल्ला चुनौती दिनुभएको थियो ।

उहाँले ओलीलाई पहिलो पटक र दोस्रो पटक प्रधानमन्त्री हुँदाको आधारवारे निधार खुम्चाएर सोच्न र वास्तविकता नबिर्सन आग्रह गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP