मंगलबार , बैसाख २९, २०८३

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी ओली कागजी बादशाह भएको आरोप लगाएकी छन्। संसद विघटनविरुद्ध राजधानीमा प्रचण्ड-नेपाल समूहको शक्तिप्रदर्शन पछि विरोधसभा बोल्दै नेतृ झाँक्रीले यस्तो बताएकी हुन्।

‘आज राजधानीका सडकमा छरपस्ट मानिसले भनेका छन्, खड्कप्रसाद ओली काजगी बादशाहा हुन्। ती ढलिसके। अब अन्तिम घोषणा गर्न बाँकी छ,’उनले भनिन्। उनले प्रधानमन्त्री ‌ओलीको पछिल्लो कदमलाई अधोगतिको संकेत दिइन्।

‘जब बादशाहा या तानाशाहाले आफ्नो कदलाई घटाउँदै घटाउँदै जान्छन् त्यतिबेला राज्यको सम्पतिको दोहोन गर्दै कागजका अग्ला कदका प्रतिमा मात्र होइनन् बुख्याचाहरु बनाउँछन् ओलीले त्यही गरेका हुन्। यो अधोगति हो।’

राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाउँदा आलोचना भएको भन्दै झाक्रीले आक्रोश समेत व्यक्त गरिन्। उनले आफूले राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्ध नबोलेर र व्यक्तिको प्रवृत्तिविरुद्ध आवाज उठाएको जिकिर गरिन्। उनले भनिन्,’ कार्यकारी प्रधानमन्त्रीको एउटा कोठाको एसिस्टेन्सजस्तै प्रधानमन्त्री या मन्त्रिपरिषदका निर्णयहरुलाई खुसुस्क सही छाप गर्ने राष्ट्रपतिका विरुद्ध आवाज उठाएको हो। यो राष्ट्रपति सम्मानीय संस्था हो। यो हाम्रो बलिदानीले प्राप्त गरेको संस्था हो। हाम्रो शीरमाथिको संस्था हो।’

‘ त्यो संस्थामा कुनै व्यक्तिले निर्वाचनको प्रक्रियाबाट गएर निरुंकुशको सांक्षी बस्छ भने त्यस्ता व्यक्तिको विरुद्धमा बोल्न पाइन्छ। एउटा खलपात्रकाविरुद्ध बोल्दै गर्दै कसले भन्छ महिला अस्मिता मिचियो भनेर ? बोल्न पाइन्छ,’ उनले भनिन्।

‘महिला अस्मिता त त्यतिबेला बलात्कृत भएको छ, जतिबेला निर्मला पन्त, भागरथी भट्ट जस्ता किशोरीहरु बलात्कृत भएका छन्, उनीहरुको हत्या भएको छ,’ उनले भनिन्,’कलिला किशोरी र बालिकाहरु बलात्कृत भएका छन्। हत्या भएको छ। त्यत्तिबेला महिला अस्मिता बेचिएको छ। खण्डित भएको छ।’

आफूहरुले व्यक्तिको नभइ ओली प्रवृत्तिको विरोध गरेको भन्दै नेतृ झाँक्रीले पार्टीमा आगामी दिनमा यस्तो प्रवृत्ति जन्मन नदिने प्रतिवद्धता जनाउन नेताहरुलाई आग्रहसमेत गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP