मंगलबार , बैसाख २९, २०८३

नेपाल आयल निगमले इन्धन बिक्री कटौती गरेपछि देशैभर इन्धन अभाव देखिएको छ । काठमाडौं उपत्यकाका कयौं पम्पहरुले डिजेल पेट्राल नभएको सूचना टाँसेका छन भने खुलेका पम्पहरुमा पनि बाक्लो भीड देखिएको छ । निगमले आइतबार राति सबैखाले इन्धनको मूल्यमा भारी वृद्धि गरेको थियो ।

सरकारलाई अप्ठ्यारोमा पार्न पम्पहरुमा हुने भुक्तानी कटौती गरेका कारण देशैभर पम्पहरुको बिक्री प्रभावित भएको पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले जनाएको छ । सोमबार बिहानैदेखि देशैभरका पम्पहरुमा इन्धनको अभाव देखिएको एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए । ‘धेरै पम्प बन्द भएपछि खुलेका पम्पहरुमा लाइन लागेका छ, पम्पहरुमा लाइन लगाएर निगम नेतृत्व सरकारलाई दबाव दिन चाहान्छ’ प्रधानले भने ।

निगमका डिपोहरुले व्यवसायीले मागेको भन्दा २० प्रतिशत भन्दा धेरै इन्धनको कटौती गरेको र गत शुक्रबार त निकै थोरै मात्रामा इन्धन ब्रिकी गरिएको र आइतबार पम्पहरुलाइ इन्धन नदिइएको प्रधानले बताए । देशैभरका डिपोहरुले यही रणनीति अपनाउँदा देशैभर समस्या देखिएको रिपोर्ट एशोसिएसनमा प्राप्त भएको उनले बताए ।

नेपाल आयल निगमले पनि माग अनुसार इन्धन बिक्री नगर्न भनेको जनाएको छ । झण्डै २० प्रतिशतसम्म इन्धनको बिक्री घटाउन परिपत्र भएको डिपोहरुले जनाएका छन् । शुक्रबारको वितरण सकिको र आइतबार इन्धन वितरण नभएका कारण सोमबार अभाव सिर्जना भएको निगमका साहायक प्रवक्ता पुष्कर कार्कीले बताए । ‘मूल्य बढ्ने भएकाले हामीले शुक्रबार इन्धन कम वितरण गरेका थियौं,’ कार्कीले भने, ‘आज दिन भरिमा दशै भरको समस्या हल हुन्छ । ’

निगमले केही समय अघि इन्धनको बिक्री पम्पहरुलाई मागे जति नदिन पत्राचार गरेको र महँगोका बेला खपत कम गर्न यस्तो परिपत्र गरेको निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP