शनिबार , बैसाख ६, २०८२

नेपाल आयल निगमले इन्धन बिक्री कटौती गरेपछि देशैभर इन्धन अभाव देखिएको छ । काठमाडौं उपत्यकाका कयौं पम्पहरुले डिजेल पेट्राल नभएको सूचना टाँसेका छन भने खुलेका पम्पहरुमा पनि बाक्लो भीड देखिएको छ । निगमले आइतबार राति सबैखाले इन्धनको मूल्यमा भारी वृद्धि गरेको थियो ।

सरकारलाई अप्ठ्यारोमा पार्न पम्पहरुमा हुने भुक्तानी कटौती गरेका कारण देशैभर पम्पहरुको बिक्री प्रभावित भएको पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले जनाएको छ । सोमबार बिहानैदेखि देशैभरका पम्पहरुमा इन्धनको अभाव देखिएको एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए । ‘धेरै पम्प बन्द भएपछि खुलेका पम्पहरुमा लाइन लागेका छ, पम्पहरुमा लाइन लगाएर निगम नेतृत्व सरकारलाई दबाव दिन चाहान्छ’ प्रधानले भने ।

निगमका डिपोहरुले व्यवसायीले मागेको भन्दा २० प्रतिशत भन्दा धेरै इन्धनको कटौती गरेको र गत शुक्रबार त निकै थोरै मात्रामा इन्धन ब्रिकी गरिएको र आइतबार पम्पहरुलाइ इन्धन नदिइएको प्रधानले बताए । देशैभरका डिपोहरुले यही रणनीति अपनाउँदा देशैभर समस्या देखिएको रिपोर्ट एशोसिएसनमा प्राप्त भएको उनले बताए ।

नेपाल आयल निगमले पनि माग अनुसार इन्धन बिक्री नगर्न भनेको जनाएको छ । झण्डै २० प्रतिशतसम्म इन्धनको बिक्री घटाउन परिपत्र भएको डिपोहरुले जनाएका छन् । शुक्रबारको वितरण सकिको र आइतबार इन्धन वितरण नभएका कारण सोमबार अभाव सिर्जना भएको निगमका साहायक प्रवक्ता पुष्कर कार्कीले बताए । ‘मूल्य बढ्ने भएकाले हामीले शुक्रबार इन्धन कम वितरण गरेका थियौं,’ कार्कीले भने, ‘आज दिन भरिमा दशै भरको समस्या हल हुन्छ । ’

निगमले केही समय अघि इन्धनको बिक्री पम्पहरुलाई मागे जति नदिन पत्राचार गरेको र महँगोका बेला खपत कम गर्न यस्तो परिपत्र गरेको निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP