शनिबार , बैसाख ६, २०८२

काठमाडौं, २८ माघ । ‘संरचनाबिना देश बन्न सक्दैन । अब देश र जनतालाई उपलब्धि दिन सक्ने नयाँ कुलमान चाहिन्छ’ प्रचण्ड–नेपाल समूहका नेता तथा पूर्वऊर्जामन्त्री जनार्दन शर्माले बुधबार विरोध सभालाई सम्बोधन गर्दै भनेका छन् ।

लोकतान्त्रिकरण नभएकको भन्ने परिणाम आज देशले भोगिरहेको बताउँदै अब नयाँ कुलमान चाहिएको उनले बताएका छन् । उनले भने, ‘अब, राजनीतिकभन्दा बाहिर रहेका बुद्धिजिवी, नागरिक समाज र मिडिया लोकतन्त्रको रक्षाका लागि एक हुनुपर्छ ।’

प्रधानमन्त्री केपी ओलीले सबै अधिकार आफूमा निहीत गरेकोमा उनले अब सबैजना त्यसविरुद्ध अघि बढ्नुपर्ने पनि बताएका छन् । ओली प्रवृत्तिका कारण संविधानमा लेखिएको जनाधिकार अपांग भएको उनले बताए । साथै, उनले मन्तव्यको अन्तमा सरकारमा बसेर भ्रष्टचार गर्नेको निर्मूलीकरण गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओली कहाँबाट पैदा भए भन्दै त्यसको जवाफ मागे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP